arrow

क्यानडा विरुद्ध नेपालको रोमाञ्चक जीत, विश्वकप छनोटमा प्रवेश

logo
प्रकाशित २०७४ फागुन २ बुधबार
Nepali-Cricket-Team1.jpg

काठमाडौं । बुधबार क्यानडा विरुद्धको रोमाञ्चक जीतसँगै नेपालले विश्वकप छनोट खेल खेल्न पाउने भएको छ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत पाँचौ खेलमा नेपालले क्यानडामाथि १ विकेटको रोमाञ्चक जित हात पारेसँगै नेपालले विश्वकप छनोट खेल्न पाउने भएको हो ।  

विन्डोकस्थित एफिज पार्क मैदानमा भएको खेलमा नेपालले टस हारेर व्याटिङको निम्तो पाएको थियो । क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १९५ रनको लक्ष्य प्रस्तुत गर्यो। जवाफी व्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।

खेलमा खराब सुरुवात गरे पनि आठौँ नम्बरमा क्रिजमा आएका करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै नेपालले अन्तिम बलमा जित निकाल्न सफल बन्यो ।

करणले ४ छक्का र चार चौकाको मद्दतले अविजित ४२ रन जोडेपछि नेपालले अन्तिम बलमा लक्ष्य भेट्टाएको हो । त्यस्तै ज्ञानेन्द्र मल्लले नौ, दिलिप नाथले ४१, दिपेन्द्र ऐरले १८, सरिफ शेषले २६, रोहितकुमार पौडेलले २७ र सन्दिप लामिछानेले पाँच रन बनाएका थिए ।

जितसँगै समूह विजेता बन्दै नेपाल विश्वकप छनोट खेल्न पुग्यो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले नेपाललाई १९५ रनको चुनौती दिएको थियो । ५० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १९४ रनको योगफल बनायो ।

क्यानडाको लागि सुरुवाती व्याट्सम्यान श्रीमन्था विजेयरत्नेले सतकीय प्रहार गरे । १५२ बल प्रहार गरेका उनले ८ चौकाको मद्वतमा अजिजित १०३ रन जोडेका हुन् । यसअघि नामिबियाविरुद्ध पहिलो खेल खेल्दा विजेयरत्नेले आठ रन मात्र बनाएका थिए ।

त्यस्तै क्यानडाको अर्का व्याट्सम्यान हम्जा तारिकले २४ रन तथा सादविन जाफरले १० रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ वसन्त रेग्मीले तीन विकेट लिए भने सन्दिप लामिछानेले २ तथा शरद भेषावकरले र करण केसीले एक एक विकेट लिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ