arrow

अमेरिकाको विद्यालयमा अन्धाधुन्ध आक्रमण, कम्तिमा १७ जनाको मृत्यु

logo
प्रकाशित २०७४ फागुन ३ बिहिबार
us-attack.jpg

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित एक विद्यालयमा एक युवकले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ ।

फ्लोरिडाको पार्कल्याण्डमा रहेको मर्जोरी स्टोनेमन डग्लसुु नामको उच्च माध्यिमक विद्यालयमा गोली चलाइएको हो । 

उक्त विद्यालयका पूर्व विद्यार्थी रहेका १९ वर्षीय निकोलस क्रुजले विद्यालयमा प्रवेश गरी गोली चलाएका हुन । ती युवकलाई गिरफ्तार गरिएको सुरक्षा निकायले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुहार १२ जनाको मृत्यु भवनभित्र, दुई जनाको विद्यालय परिसरमा, दुई जनाको सडकमा र एक जनाको अस्पताल पुगेपछि मृत्यु भएको थियो ।

यो घटना सन् २०१२ मा पनि अमेरिकी एक स्कुलमा यस्तै घटना हुँदा २० जनाको मृत्यु भएको थियो । 

Students are reunited with parents and family after a shooting at Marjory Stoneman Douglas High School in Parkland, Florida.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ