arrow

वाह ! आयोजकले प्रमुख अतिथिलाई गुलाफको फूल दिएर भयो कार्यक्रमको उद्घाटन, अनि.....

logo
रमित बिक,
प्रकाशित २०७४ फागुन ३ बिहिबार
rose-gift.jpg

बाजुरा । भ्यालेन्टाइन डे तथा प्रणय दिवसको अवसरमा बाजुरामा गजल वाचन कार्यक्रम भएको छ । सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा प्रणय दिवसको अवसर पारी मार्तडीस्थित बडिमालिका नगरपालिकाको सभा हलमा खुला गजल वाचन कार्यक्रमको आयोजना गरिएको हो । 

साहित्य गतिविधि संगसंगै कला संस्कृतिलाई संगै लिनुपर्छ भन्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष हर्क खडायतले बताए । 

उनले सुदूर तथा मध्यपश्चिम क्षेत्रको लोक, परम्परा, लोक, गाथा, लोक भाका, पर्व परम्परा रहनसहन, बोलीचालीले समग्र देशको लोक साहित्य र संस्कृति माथि सुगन्ध थप्नका लागि कार्यक्रम सञ्चालन गरिएको बताए । 

यस क्षेत्रको भाषा,कला, साहित्य र संस्कृति लोप हुदैँ गएको अवस्थामा यसको संरक्षण,सम्बद्र्धन र प्रबद्र्धन गर्न र यस क्षेत्रको साहित्य विधालाई नेपाली साहित्यको मुलधारमा स्थापित गर्नेका लागि कार्यक्रमको सञ्चालन गरेको सचिव कृष्ण ओली (अबिरल)ले बताए । 

कार्यक्रममा बिभिन्न गजल पारखीहरुले गजल वाचन गरेका थिए । कार्यक्रममा श्रङ्गगारीक गजल र माया प्रेम संग सम्बन्धित गजललाई प्राथमिकता दिईएको थियो । 

कार्यक्रममा गजलकार कृष्ण अविरल, रमित जिज्ञासु, मिनप्रसाद जैशी, महेश जोशी, नरेन्द्र थापा, बिष्णु भुषाल, खिमु केसी, बीरबहादुर बिष्ट, दिपेन्द्र शाह, दिलिप बुढा लगायतले वाचन गरेका थिए । 

कार्यक्रममा ३३ जनाले नाम दर्ता गराएका थिए । एकजनाले ५ वटा गजल वाचन गरेका थिए । कार्यक्रमको संबोधन गदैँ बडिमालिका नगरपालिका नगर प्रमुख पदम बडुवालले सुदूर साहित्य प्रतिष्ठानले बाजुरामा रहेका साहित्य पारखीलाई एकरुपता ल्याउनका लागि महत्वपूर्ण भुमिका खेल्न आग्रह गरे । 

उनले जीवन जिउने कला मात्र नभई पहिचानको संरक्षण र प्रवद्र्धनमा सहयोग हुने विश्वास गरे । उनले आफुहरु अभिभावको तरिकाले लठ्ठी बन्न सक्ने बताए । 

जिल्ला तहमा साहित्यका गतिविधि नहुदाँ श्रष्टा सर्जकहरुका प्रतिभा बाहिर नआएपनि गजल लेखन तथा साहित्यमा रुची राख्नेको कमी बाजुरामा नभएको साहित्यकार एवंम मालिका नमुना उमाविका प्राचार्य शुभराज पाध्यायले बताए । 

उनले बाजुराको भाषालाई पनि स्थान दिनपर्नेमा जोड दिए । 

कार्यक्रममा बोल्दै बाजुरा क्याम्पसका क्याम्पस प्रमुख सुरेश प्रसाद पण्डितले पहिलो पटक दर्ता भएको केही समयपछि सराहनीय काम गरेको प्रति सुदूर साहित्य प्रतिष्ठानलाई धन्यवाद दिए । 

जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकायाको प्रमुख आतिथ्यतामा सञ्चतालन भएको कार्यक्रम प्रतिष्ठानका अध्यक्ष हर्क खडायतले प्रमुख अथिति रोकायलाई गुलावको फूल दिएर औपचारिक उद्घाटन गरिएको थियो । 

काया पिरती,देश प्रेम र मिलन बिछोडका गजलहरुलाई स्थान दिईएको थियो । देउडा,दोहोरी,कविता विधा तर्फ सञ्चालन गरिएपनि जिल्लामै पहिलो र भव्य रुपमा कार्यक्रम सञ्चालन गरिएको हो । 

साहित्य विधामा श्रष्टा र सर्जको भव्य उपस्थिति रहेकोे थियो । कार्यक्रममा साहित्यमा रुची राख्ने मालिका उमावि, बडिमालिका बोडिङ्ग स्कुल,बाजुरा क्याम्पस सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि गरी १ सय ५० बढीको सहभागिता रहेको थियो । 

कार्यक्रम बडिमालिका नगरपालिकाको हलमा आज दिनभर सञ्चालन गरिएको थियो । सुदूर साहित्य प्रतिष्ठान गत साता मात्र जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ