arrow

काठमाडौँमा मोटरसाइकल दुर्घटनामा गयो एक युवाको ज्यान 

logo
प्रकाशित २०७४ फागुन ३ बिहिबार
accident-final.jpeg

काठमाडौँ । मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । गएराति १।३० बजे रोकिराखेको ना ६ ख ५२१६ नंको ट्रकमा बा ७३ प १८८२ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक बूढानीलकण्ठ नगरपालिका घर भएका २१ वर्षीय सन्तोष कार्कीको मृत्यु भएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्रगतिमा आएको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जानकारी दिए । 

दुर्घटनामा पछाडि बस्ने नाम, थर नखुलेका एक युवा घाइते भएका छन् । 

घाइतेको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल र ट्रक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ