arrow

गाई काट्ने तामाङ पक्राउ, मुद्धा चलाइयो

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ फागुन ३ बिहिबार
cow.jpg

पाँचथर । गाई काट्दै गरेको अवस्थामा पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ का एक अर्धवैँसे ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानिय ५२ बर्षिय प्रेम भन्ने राम कुमार तामाङ रहेका छन् ।

आफ्नै घर नजिकै रहेको मालिङ्गे खोल्सिमा गाई काटिरहेको भन्ने सुचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहीले जनाएको छ ।

पक्राउ परेका तामाङलाई बुधबार जिल्ला अदालत पाँचथरबाट गौवध मुद्धामा म्याद लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ