arrow

तानसेनको टुँडिखेल दुलहीझैँ सिँगारियो

पाल्पा महोत्सव बिहिवारदेखि सुरु

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ फागुन ३ बिहिबार
udog_ko_logo.png

पाल्पा । पाल्पाको तानसेनमा बिहिवारदेखि  फरक प्रकृतिको माहोल हुँदैछ । बच्चाबच्ची बूढाबूढी, युवा युवती, सवैको लागि पाल्पा महोत्सव उत्सवमय बन्दैछ । गाउँ गाउँबाट मेला अवलोकनका लागि विभिन्न व्यक्तिहरुले समय मिलाएर आउँदैछन् । पाल्पाको तानसेन फेरि एक पटक गुञ्जायमान हुँदैछ । तानसेनको टुँडिखेल दुलहीझैँ सिँगारिएको छ भने मानिसहरुको चहलपहल बढ्दो छ ।

 पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा पाल्पामा पहिलोपटक २०६० मा सुरु भएको मेला महोत्सवले अहिले पनि निरन्तरता पाएको छ । “पाल्पामा कृषि, पर्यटन,उद्योग र व्यापार,अवसर र सम्भावना छ अपार” भन्ने मूल नाराका साथ पाल्पा उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १२ औं व्यापार महोत्सवआज देखि सुरु हुँदैछ । पाल्पा महोत्सव २०७४ मूल आयोजक समितिका संयोजक तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष महोनप्रसाद श्रेष्ठले पत्रकार सम्मेलनमा मेलाको सबै तयारी पूरा भइसकेको  बताएका छन्  ।

फागुन ३ गतेदेखि १३ गते सम्म तानसेनको टुँडिखेल मैदानमा आयोजना हुने मेलाको अहिले स्टल निर्माण, सचिवालय निर्माणदेखि लिएर अन्य भौतिक पूर्वधारहरुको कार्य पूरा भएको हो । मेलाको उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष चण्डीराज ढकालले उद्घाटन गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।  मेलामा ४ सय स्टल रहने र ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकले लिएका छन् । महोत्सवबाट १० करोड बराबरको कारोवार गर्ने लक्ष्य रहेको छ । महोत्सवबाट बचेको रकमको केही प्रतिशत पर्यटन क्षेत्रको विकासका  र केही रकम टुँडिखेलको स्तरउन्नतिका लागि खर्च गर्ने लक्ष्य राखिएको संघले जनाएको छ ।

 यस वर्षको मेलामा विगतको भन्दा फरक किसिमको व्यवस्था रहेको संघले जनाएको छ । संघले कृषि उत्पादनको विशेष प्याभिलियन नै व्यवस्था गरेको छ । त्यस्तै गरी स्थानीय खानाको परिकार, बाल उद्यान, कर्णेल उजुरसिंह थापाको पूर्णकदको सालिक, लोकसंस्कृति झल्कने गीत तथा नृत्यको महोत्सवमा प्रस्तुति रहने संघले जनाएको छ । प्रचारप्रसार कार्यक्रम व्यवस्थापन उपसमिति संयोजक विष्णुमान बजा्रचार्यका अनुसार पाल्पाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक, पर्यटकीय स्थलको प्रचारप्रसार, घरेलु तथा कुटिर उद्योग प्रवद्र्धन, कला संस्कृतिको संरक्षण र संघको बहुउद्देश्यीय भवन निर्माणका लागि महोत्सव आयोजना गरिएको हो ।

उनका अनुसार अन्य स्थानमा  आयोजना हुने महोत्सव भन्दा यसको विशिष्ट महत्व रहेको हुन्छ । महोत्सवमा पाल्पालाई झल्काउने फोटो प्रदर्शनी धार्मिक तथा ए्ेतिहासिक स्थलको परिचय, काष्ठकला, स्थानीय घरेलु तथा कुटिर उद्योग, टर्की चरा, उँट, अष्टिज चरा, भूकम्प प्रतिरोधी घर निर्माणको प्रदर्शनी, कृषि तथा वन्यजन्तु उत्पादनको प्रदर्शनी तथा विक्रि समेत राखिने छ । मेलामा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक संयोजक तथा संघका उपाध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय स्तरका चर्चित कलाकारहरु  प्रस्तुति रहने सांस्कृतिक संयोजक भट्टराईले बताए । संघले ५० रुपैयाँको टिकटको व्यवस्था गरेको छ भने विद्यार्थीको लागि ३० रुपौयाँको प्रवेश टिकट राखेको छ । २०६० सालमा पहिलो पटक महोत्सवको आयोजना  गरेको संघले १२ औं पटक निरन्तरता दिएको हो ।        

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ