arrow

अमेरिकामा नेपालीले स्थपना गरे आफ्नै स्वामित्वमा मन्दिर

logo
प्रकाशित २०७४ फागुन ३ बिहिबार
temple.jpg

अमेरीका । अमेरिकाको लस एन्जलसमा नेपालीहरुले मन्दिर स्थपना गरेका छन् ।   श्री पशुपतिनाथ फाउण्डेसनको करीब ५ बर्षको अथक प्रयासपछिलस एन्जलसवासीले आफ्नै स्वामित्वमा नेपाली मन्दिर पाएका छन् । जहाँ  आरग्यदेव श्री पशुपतिनाथ लगायत अन्य देवी देउताहरुका सुन्दर मुर्तिहरु स्थापना गरिएको छ । यही फेब्रुअरी ११ -१३ मा आचार्य चुडामणी पाठकको दिब्य ज्ञान मार्फत मुर्तिहरुमा प्राण प्रतिष्ठाको कार्य गरियो । नित्य पूजाका लागि पनि आचार्य चुडामणी पाठकलाई नै पूजारीको रुपमा नियुक्त गरिएको छ ।

मन्दिरमा पूजा, भजन क्रितन र प्रबचन आदिले लसएन्जलस बासीहरुमा भात्रित्व भाब र सहीष्णुताको बृद्धी भई यो शहर बासी समस्त हिन्दू तथा बुद्धिस्टहरु एकै सुत्रमा बाधिने कुरामा अफु ढुक्क भएको कुरा खुलासा गर्छन् आध्यात्मिक ज्ञानका बिज्ञ पूजारी पाठक ।
   
सोही परिसरमा विश्वका शान्तिका दुत भगवान बुद्धको मन्दिर पनि स्थापना भएको छ । जहाँ एक सुन्दर मुर्ती स्थापना गरेर प्राण प्रतिष्ठा गरिएको छ । बुद्ध धर्मगुरु खेन्पो रिङ्गग्पोछे जम्पा (पिएचडि ) को दिब्य ज्ञान मार्फत बुद्धको मुर्तिमा प्राण प्रतिष्ठा गरिएको थियो । सो अबसरमा धर्मगुरु जम्पाले सनातन धर्मालबी लुम्बिनीका राजा बुवा सुद्दोधन र आमा मायादेबीको कोखबाट जन्मेका सिद्धार्थ गौतम लामो तपस्या पाश्चात भगवान बुद्ध बनेको सुनाए । उनले बुद्ध धर्म पनि सनातन धर्मकै अन्य देबी देउताहरु जस्तै रहेको बताए ।

सोही भाईचाराको माहोलमा यो लस एन्जलसमा एउटै कम्पाउण्डमा स्थापना गरिएको श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर देख्दा खुशी नलाग्ने कुन नेपाली नहोला । आपसी सहीष्णुताको माहोल बारीष्ठ धर्मगुरु दलाई लामाले देख्न पाए ज्यादै हर्शित हुने  जम्पाले बताए । उनले भने ' बुद्ध धर्मगुरु दलाई लामाको उमेरका कारण स्वास्थ कमजोर भएकोले अन्तराष्ट्रिय यात्रा न गर्नको लागि उहांका डाक्टरले सल्लाह दिएका छन् । तैपनी, म यो कुरा उहाँ सम्क्ष राखी दिने छु।'  

 
सन २०१२ मा १० लाख ५० हजार अमेरिकि डलरमा उक्त मन्दिरको घर जग्गा किनिएको थियो । ५ लाख ५० हजार नगद भुक्तान र बाकी ५ लाख डलर ऋण लिईएको थियो । ऋण लिनको लागि लस एन्जलसका समाजका अगुवाहरु भक्त थापा, ऋषी ढकाल,रामा लामा अविनाशी र एकराज पाण्डेले सुरुमा  जमानी बसेका थिए । ऋण नबिकरण गर्दा भने भक्त थापा, ऋषी ढकाल र राम लामा अविनाशी गरी ३ जना मात्र जमानी रहेका थिए ।  बाँकी रहेको ३ लाख ८७ हजार डलर ऋण पनि अब छिट्टै नै चुक्ता गर्ने तयारी गर्दै रहेको कुरा श्री सिटी अफ आर्टेसियामा प्लानिङ्ग कमिसनर समेत रहेका श्री पशुपतिनाथ फाउण्डेशनका अध्यक्ष भक्त थापाले बताए ।
 
लस एन्जलसमा  एक पेनी देखी १ लाख २५ हजार डलर सम्म दान दिने दाताहरु रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ