- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
महेन्द्रनगर, धनुषा । प्रदेश नम्बर २ को नेकपा एमालेको संसदीय दलको नेतामा सत्यनारायण मण्डल निर्वाचित भएका छन् ।
संसदीय दलको नेताको लागि दाबी गर्दै आएका मण्डल र शत्रुधन महतोबीच सहमति हुन नसकेपछि बिहिवार भएको मतदानमा मण्डल निर्वाचित भएका हुन् ।
मतदानमा विजयी मण्डलले १२ मत प्राप्त गरे भने महतोले आठ मत प्राप्त गरेका थिए । मतदानमा एक मत बदर भएको थियो । प्रदेश २ मा एमालेको २१ जना प्रदेश सांसद छन् । रासस