arrow

त्रिलोचन भट्ट प्रदेश ७ को मुख्यमन्त्रीमा नियुक्त, को हुन् भट्ट ?

सपथ ग्रहण फागुन ५ मा

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ फागुन ३ बिहिबार
trilochan-bhatta.jpg

धनगढी ।  ७ नम्बर प्रदेशको मुख्यमन्त्रीमा त्रिलोचन भट्टलाई प्रदेश प्रमुख मोहनराज मल्लले बिहीबार नियुक्त गरेका छन् । बाम गठबन्धनका   ३८ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रमुखसमक्ष बुधबार दावी पेश गरिए पछि   प्रदेश प्रमुख मल्लले भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका हुन ।

७ नम्बर प्रदेशका प्रदेशसभाका ५३ सदस्यमध्ये नेकपा एमाले र माओवादी केन्द्रका ३८ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुधबार त्रिलोचन भट्टले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए।

 बिहीबार नियुक्त भएका प्रदेश नम्बर ७ का मुख्य मन्त्री भट्टको सपथ ग्रहण शनिबार दिउँसो ३ बजे हुने भएको छ ।  ५३ सदस्य रहेको ७ नम्बर प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा एमालेका २५ सदस्य र नेकपा माओवादी केन्द्रका १४ सदस्य सहित  वाम गठबन्धनबाट  त्रिलोचन भट्ट मुख्यमन्त्री हुने यसअघि नै निर्णय भइसकेको थियो ।

आज नियुक्त भएका मुख्यमन्त्री भट्टको  फागुन ५ गते सपथ ग्रहणको कार्यक्रम तय भएको छ । ‘फागुन ४ गते सूर्यग्रहण लाग्ने भएकाले ५ गते शुभ साइतमा शपथ ग्रहण कार्यक्रम तोकिएको छ।

मुख्यमन्त्रीको नियुक्तिमा ढिलाइ हुन थालेपछि प्रदेश प्रमुख मल्लले मुख्यमन्त्री नियुक्ति र प्रदेश सरकार गठनबारे राजनीतिक दलसँग बुधबार  छलफल गरेका गरेका थिए ।

निर्वाचन आयोगले प्रदेश प्रमुखसमक्ष मतपरिणाम बुझाएको १ महिनाभित्र मुख्यमन्त्री नियुक्त गर्नुपर्ने कानूनी व्यवस्था छ । आयोगले माघ ५ गते परिणाम बुझाएको थियो । निर्वाचन आयोगले मतपरिणाम बुझाएको १ महिनाभित्र प्रदेश सभामा बहुमत प्राप्त दलको नेता वा २ वा २ भन्दा बढी दलको समर्थन प्राप्त दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

कुनै पनि दलको बहुमत नभए वा निर्धारित अवधिमा दलहरूले बहुमत पुर्‍याएको पत्र प्रदेश प्रमुखलाई बुझाउन नसके प्रदेशको ठूलो दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने र मुख्यमन्त्रीले ६ महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । ७ नम्बर प्रदेश सभामा एमालेका २५, माओवादीका १४, नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना सांसद छन् ।


डोटीबाट प्रदेशसभामा निर्वाचित त्रिलोचन भट्ट २०४७ सालमा मोटो मसालमा आवद्ध हुँदै वामपन्थी आन्दोलनमा सक्रिय भएका हुन् । प्रवासमा रहँदा भारतको महाराष्ट्र प्रदेशमा मजदुरी सँगसँगै पार्टीका गतिविधिमा संलग्न भएका भट्टले २०५८ सालमा प्रदेशको सचिवको जिम्मेवारी पाएका थिए । पछि भट्ट प्रवासमै प्रदेश इन्चार्ज समेत भए ।

नेपाल फर्किएपछि २०६१ सालमा डोटी जिल्ला सचिव भएका भट्ट २०६२ सालमा जिल्ला इन्चार्ज भए । पार्टीको केन्द्रीय सदस्य हुँदै भट्ट हाल पोलिटब्यूरो सदस्य रहेका छन् । डोटीको केआईसिंह गाउँपालिका–६ फलेडी स्थायी घर भएका ४७ वर्षिय भट्टले भारतमा रहँदा मजदुरी र चौकीदारीको काम समेत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ