arrow

राष्ट्रपति कार्यालयले गल्ती सच्यायो

logo
प्रकाशित २०७४ फागुन ३ बिहिबार
niyukti.jpg

काठमाडौं । राष्ट्रपति कार्यालयले एमाले अध्यक्ष केपी ओलीलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेपछि जारी विज्ञप्तीको मिति सच्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नियुक्त गर्नासाथ राष्ट्रपति कार्यालयका प्रवक्ता कुल प्रसाद चुडालले जारी गरेको विज्ञप्तिमा १ वर्षअघिको मिति लेखिएको थियो ।

राष्ट्रपति कार्यालयको छाप सहित जारी गरेको विज्ञप्तीमा, राष्ट्रपति विद्यादेवी भण्डारीले २०७३ फागनु ३ गते विहीबारका दिन प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीलाई संबिधाननको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेको उल्लेख थियो । अहिले २०७३ को ठाउँमा २०७४ भएर अर्को विज्ञप्ति प्रकाशित भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ