arrow

सरकार गठनसँगै शेयर बजार उकालोतर्फ

logo
प्रकाशित २०७४ फागुन ३ बिहिबार
nepal-stock-exchange.png

काठमाडौँ । नयाँ सरकारलाई धितोपत्र बजारले स्वागत गरेको छ । लामो समयदेखि ओरालो लाग्दै आएको बजार आज हालसम्मकै सबैभन्दा बढी अंकले उकालो लागेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार ३६.०१ बिन्दुले उकालो लागेर एक हजार ४२४.९५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ७.७२ बिन्दुले उकालो लागेर ३०१.३० बिन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज १६५ कम्पनीको १५ लाख छ हजार ६३४ कित्ता शेयर  ६६ करोड ३९ लाख ५६ हजार २४९ मूल्यमा खरिद बिक्री भएको हो । अधिकांश परिसूचक बिहिवार उकालो लागेकाले धितोपत्र बजारसमेत सकारात्मक रुपमा अगाडि बढेको हो । बैंकिङ ३१.३९, व्यापार ५.९९, होटल २२.९६, विकास बैंक ५५.५, जलविद्युत् ४९.०४, फाइनान्स १७.५५, बीमा २१३.९५, उत्पादन ५०.७५, अन्य ७.३६ र माइक्रो फाइनान्स ६२.९१ बिन्दुले उकालो लागेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ