arrow

राष्ट्रिय संग्रहालमा 'एक शताब्दी' पुराना सुकुन्दा : एक महिनासम्म प्रदर्शनी

logo
प्रकाशित २०७४ फागुन ३ बिहिबार
Nepal_National_Museum.jpg

काठमाडौं । राष्ट्रिय संग्रहालमा भएका कलात्मक सामग्री मध्ये नेपाली कलात्मक दियो तथा सुकुन्दा प्रर्दशनी आजदेखि एक महिनाका लागि सुरु भएको छ । राष्ट्रिय संग्रहालय छाउनीमा विहिबारदेखि चैत २ गतेसम्म एक महिना लामो कलात्मक दियो तथा सुकुन्दा प्रर्दशनी हुन लागेको हो ।

संग्रहालयमा  ४५ प्रकारका बिभिन्न परम्परागत तथा मौलिक शैलीका दियो र सुकुन्दाको प्रर्दशनी भईरहेको छ । धातु, ढलौट, माटो , ढुंगा का बिभिन्न प्रकारका एक शताब्दी पुराना समेत सुकुन्दाहरु स्रग्रहालयमा रहेकाले त्यसको बारे जानकारी गराउनका लागि यो प्रर्दशनी गरिन लागेको  हो ।

संग्रहालयमा बिभिन्न व्यक्ति , सस्था तथा चोरी भएर फर्केका लगायतका स्तरबाट उपलब्ध भएका दियोको प्रर्दशनी हुन लागेको संग्रहालयका निर्देशक तथा  संस्कृति मन्त्रालयका उपसचिव जयराम श्रेष्ठ बताउछन् ।

नेपालबाट हराएका बिभिन्न मुर्तिमध्ये फिर्ता आएको सबैभन्दा पुराना मूर्ति नेपाल सम्बत् २०७ को जयबर्माको मुर्ति समेत संग्रहालयमा रहेको छ । राष्ट्रिय संग्रहालयको ७९औ स्थापना दिवसका अवसरमा आयोजित प्रदर्शनीमा विभिन्न अमुर्त सांस्कृतिक सम्पदा संरक्षण गर्ने उद्देश्यका साथ विभिन्न मौलिक तथा परम्परागत नाचगान तथा संगित समेत प्रस्तुत हुनेछ ।

प्रर्दशनीको उदघाटन संस्कृति मन्त्रालयका सचिव नारायण प्रसाद देबकोटा र संस्कृति बिद सत्यमोहन जोशीले गरे । राष्ट्रिय संग्रहालयले सुकुन्दा प्रर्दशनी पहिलो पटक गरेको हो । यो प्रर्दशनी अवलोकनकर्ताले छुटटै शुल्क तिर्न नपर्ने तर संग्रहालय प्रवेश शुक्ल २५ रुपैया तिर्नु पर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ