arrow

फाईनलमा नेपाल युएईसँग स्तब्ध, पारसको शतकले पनि जोगिएन हार

logo
प्रकाशित २०७४ फागुन ३ बिहिबार
paras.jpg

काठमाडौं।  नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत फाईनलमा नेपाल युएईसँग ७ रनले पराजित भएको छ। पराजित भएपछि नेपालले विश्वकप छनौट चरणको खेलमा समूह ‘बी’मा आफ्नो स्थान पक्का गरेको छ।

समूह ‘बी’मा नेपालले अफगानिस्तान, जिम्बाब्वे, स्कटल्याण्ड र हङकङसँग खेल्ने छ।  युएईले दिएको २७८ रनको लक्ष्य पच्छ्याउने क्रममा नेपालका कप्तान पारस खड्काले शतक प्रहार गरेका थिए। उनले आउट नभई  ११२ रन बनाएका थिए। शतक बनाउने क्रममा पारसले १ सय ३ बलमा ८ छक्का र ३ चौका प्रहार गरेका थिए।

नेपालकालागि दिपेन्द्र ऐरीले ३५ रन बनाएका थिए भने शरद भेषावकरले ३० रनको योगदान दिएका थिए। त्यसैगरि ज्ञानेन्द्र मल्लले २४ रन बनाएका थिए भने रोहित पौडेलले २३ रनको योगदान दिएका थिए। युएईकालागि आमिर हयातले ४ विकेट लिएका थिए भने ईमरान हैदरले २ विकेट हात पारेका थिए।

टस जितेर पहिले ब्याटीङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतीमा २७७ रन बनाएको थियो। उसकालागि असफाक अहमदले ११४ रन बनाएका थिए। शतक बनाउने क्रममा असफाकले १२३ बलमा ३ छक्का र १० चौका प्रहार गरेका थिए। त्यसैगरि रोहन मुस्तफाले ५१ रनको योगदान दिएका थिए।

नेपालकालागि सोमपाल कामी, बसन्त रेग्मी र सन्दिप लामिछानेले १-१ विकेट लिएका थिए। ब्याटिङका लागि सजिलो हुने पिचमा युएईले निर्धक्कसँग ब्याटिङ गर्दै ठुलो योगफल तयार पारेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ