arrow

सन्दिप प्रतियोगीताको खेलाडी घोषित, युएई कप्तानले पोखे आक्रोश

logo
प्रकाशित २०७४ फागुन ३ बिहिबार
sandip.jpg

काठमाडौं।  नेपालका स्टार खेलाडी सन्दिप लामिछानेले आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२को 'प्लेयर अफ टोर्नामेन्ट' घोषित भएका छन्। उनले प्रतियोगीतामा १७ विकेट लिएका थिए। 

युएईका असफाक अहमद फाईनल खेलका खेलाडी घोषित भएका छन्। उनले नेपाल बिरुद्धको फाईनलमा शतक प्रहार गरेका थिए। 

सन्दिप प्रतियोगीताको खेलाडी घोषित भएपछि युएईका कप्तान रोहन मुस्तफाले अशोभनिय प्रतिक्रिया दिएका छन्। उनले सन्दिप आईपीएलमा छनौट भएका कारणले उक्त उपाधी पाएको बताएका छन्। उनले आक्रोसित हुँदै भनेका छन्। उनले सन्दिपले नभई आफुले पाउनु पर्ने उक्त पुरस्कार भनेर जिकिर गरेका छन् ।

'सन्दिपले १४ विकेट र केही रन मात्र बनाएका छन्। यो ठिक होईन'- उनले भनेका छन्। पिटर डेल्ला पेनाले ट्विट गर्दै भनेका छन्। नामिबियामा भएको क्रिकेटमा पेन्ना क्रिकईन्फोका स्तम्भकार हुन्। 

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत फाईनलमा नेपाल युएईसँग ७ रनले पराजित भएको थियो। 

 

पिटर डेल्ला पेन्नाको ट्विट:

Rohan Mustafa makes a big stink to tourney officials after presentation that Lamichhane got Player of Tournament award and not him, says Lamichhane only got it for "IPL" rep. Says he got "14 wickets and lots of runs. I swear this is not right." Extremely ungracious from UAE capt.

— Peter Della Penna (@PeterDellaPenna) February 15, 2018



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ