arrow

शाहीले मुख्यमन्त्रीको नियुक्ति बुझ्दा विद्युत प्राधिकरणको 'ब्ल्याकआउट' ! 

logo
प्रकाशित २०७४ फागुन ४ शुक्रबार
mahendra_shahi.jpg

सुर्खेत । लामो विवादपछि मुख्यमन्त्री बनेका माओवादी नेता महेन्द्र बहादुर शाहीले नियुक्तिको पत्र बुझ्नेबेला विद्युत प्राधिकरणले भने धोका दिएको छ । बिहीबार साँझ नियुक्तिको लागि एमाले संसदीय दलका नेता यामलाल कँडेल, नेताहरु प्रकाश ज्वाला सहित प्रदेश प्रमुखको कार्यालयमा पुगेका शाहीले नियुक्ति लिनेबेलासम्म झमक्कै साँझ परिसकेको थियो । 

उनले निवेदन दिने बेलासम्म बत्तिको कुनै समस्या थिएन । उर्जामन्त्री समेत भईसकेका शाहीले बुझ्ने नियुक्तिको पत्र दर्ता चलानी भएर आउँदा प्रदेश प्रमुखको कार्यकक्ष लगायत ठाउँमा बत्ति गईसकेको थियो । पूरा अन्धकारमा सबैले मोबाईलको उज्यालो दिएर उनको नियुक्ति कक्षलाई उज्यालो बनाएका थिए ।

यावत अफ्ठेराहरुकोबीच मुख्यमन्त्रीलाई सपथ गराउन खोज्दा एमालेका संसदीय दलका नेता यामलाल कँडेलले शुक्रबार सपथ गराउन आग्रह गरेपछि सपथको कार्यक्रम शुक्रबार दिउँसोको लागि सारिएको छ । कँडेलले राती हाम्राकुरासँगको कुराकानीको क्रममा शुक्रबार राती अबेर भईसकेकोले शुक्रबारको लागि सपथ गराउन आग्रह गरिएको स्वीकार गरे । 

उनले उर्जामन्त्री भईसकेको व्यक्तिको नियुक्ति बुझ्नेबेलामा नै बत्ति नभएपछि अँध्यारोमा सपथ गराउनु जायज नभएको प्रतिक्रिया दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ