arrow

ट्रम्पको चर्को आलोचना, डिभी चिठ्ठा अमेरिकी संसदबाट अस्वीकृत

logo
प्रकाशित २०७४ फागुन ४ शुक्रबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकपटक फेरि आलोचना भएको छ । उनको अमेरिकी संसदमै आलोचना भएको हो । 

डिभी चिठ्ठालगायत चार वटा विधेयक अमेरिकी संसदले अस्वीकृत गरेर ट्रम्पको आलोचना गरेको हो । 

अमेरिकी माथिल्लो सदन ‘सिनेट’ ले डिभी चिठ्ठा बन्द गर्ने, युवा आप्रवासन, सीमा सुरक्षालगायतका विधेयकलाई अस्वीकृत गरेको हो ।

सीमा सुरक्षा र नियमसँगसम्बन्धित डाका विधेयक दुईपक्षीय समर्थनमा पेश गरिएको थियो । 

यो पराजयले भने ट्रम्प रिसाएका छन् । उनले ‘भिटो’ प्रयोग गर्ने अभिव्यक्तिसमेत दिएका छन् ।

डिभी चिठ्ठा कार्यक्रमअन्तर्गत हरेक वर्ष ५० हजार व्यक्ति अमेरिका जान पाउने गरेका छन् । 

ट्रम्पले यही प्रक्रियाका कारण आतंकवादीहरु अमेरिका छिरेको भन्दै बन्द गर्ने पहिलेदेखि बताइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ