arrow

बाजुरामा खडेरीले निम्त्यायो संकट, न अन्न छ न पानी छ  

logo
रमित बिक 
प्रकाशित २०७४ फागुन ४ शुक्रबार
bajura-district.png

बाजुरा । जिल्लाको पूर्वी उत्तरी क्षेत्रका तीन वडा गाउँपालिकाहरुमा निकै खडेरी बढेको छ । खडेरीले यस बर्षमा मात्र २१ करोड बराबरको क्षती गरेको छ ।

 त्यसबाट जनतालाई तत्काल राहत उपलब्ध गराउन लागि जिल्ला दैविक प्रकोप उद्दार समिति बाजुराको बैठक बसेको छ । खाद्यान्न स्वरुप २५ हजार क्विन्टल आपूर्ति मन्त्रालयबाट माग गर्ने निर्णय गरिएको छ । 

कामका लागि खाद्यान्न सञ्चालन गरी विकास निमार्णका काम गरेर मात्र चामल वितरण गरिने जिल्ला कृर्षि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख मिन प्रसाद जैशीले बताए । 

सुख्खा खडेरीका कारण जिल्लाको माथिल्लो भेगका साविकका अधिकांस गाविसहरु बढी प्रभावित भएका छन् । साथै बैठकले मार्तडी पिलुचौर सडक खण्ड तत्काल मर्मत तथा ट्रयाक खेली तत्काल जनतालाई सहज र सुलभ यात्रा गराउन सम्बन्धित निकायलाई आग्रह गरिने समेत निर्णय गरिएको छ । 

जिल्लाले प्रत्येक बर्ष ११ हजार मेट्रिकटन खाद्यान्न अभाव झेल्दै आईरहेको छ । खडेरीका कारणले जिल्लामा २० प्रतिशत बिउ नै उम्रीएको छैन । 

जिल्लामा सिञ्चित जमिन भन्दा पनि पाखो जमिन बढी भएका कारण पानीको भरमा खेती हुँदै आईरहेको छ तर यस बर्ष पानी नपर्दा थप ठुलो भोकमरीको संकट आउने जिल्ला कृषि विकास कार्यालय बाजुराका सुचना अधिकारी मिन प्रसाद जैशीले बताए ।

खडेरीले हिमाली गाउँपालिका,स्वामिकार्तिक गाउँपालिका ७५ प्रतिशत क्षती भएको छ । साथै जगनाथ गाउँपालिकामा समेत स्थानिय जनताहरु खडेरीले काकाकुल भएका छन् । 

आपतकालीन समस्यालाई समाधान गर्नेका लागि जिल्ला दैविक प्रकोप उद्दार समितिको बैठक बोलाईएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ