arrow

ओली प्रधानमन्त्री भएपछि दीप प्रज्ज्वलन, तर सामाजिक सञ्जालमा के को बिरोध ?

logo
रमित बिक 
प्रकाशित २०७४ फागुन ४ शुक्रबार
deep.jpg

बाजुरा । लोकतान्त्रिक गणतन्त्रका ४१ औँ प्रधानमन्त्रीको रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि बाजुरा सदरमुकाम मार्तडीमा एमाले कार्यकर्ताहरुले दिप प्रज्वलन गरी खुसीयाली मनाएका छन् । 

जिल्ला खेलकुद विकास समितिको खेलमैदानमा एमालेका नेता तथा कार्यकर्ता जम्मा भई खुसीयाली स्वरुप दिप प्रज्वलन गरी खुसीयाली मनाएको एमाले प्रचार विभाग प्रमुख अमर खड्काले बताए । 

खुसीयालीमा एमाले नेताहरु अमर खड्का, पुर रावत, तुल्सीराम रोकाया र माओवादी केन्द्रका सुरेश बिक लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा नेता तथा कार्यकर्ताहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । यता केही कार्यकर्ता भने आक्रोसित बनेका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुतm भएको मिति २०७३ फागुन ३ गते भएको भन्दै राष्ट्रपति कार्यालयका कर्मचारीले सिंगो देशको बेइजत गरेको प्रति सामाजिक सञ्जालमा आपत्ती जनाएका छन् । 

पहिलो गाँसमा यस्तो ढुङ्गगा लाग्दा फेरी पनि उही देशको गति हुन्छ की भन्ने कार्यकर्ता चिन्तामा छन् ।

५ बर्षसम्म स्थिर सरकार हुन्छ भनेर चुनावमा अपवाह फैलाएका कुरामा ढुक्क भएका बामगठबन्धनका कार्यकर्ताहरु भने विकासको गति फेरी उस्तै हुन्छ की भन्ने चिन्तामा रहेका छन् । 

चुनावको बेला स्थिर सरकार ५ बर्ष सम्म हुन्छ भनेर आफुहरुले भोट हालेका थियौँ फेरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले आलोपालो प्रधानमन्त्री हुने भन्ने सहमति गरेपछि आफु निकै आक्रोषित भएको गौमुल गाउँपालिकाका एक एमाले कार्यकर्ता गुनासोँ गरेका छन् । 

उनले जनतालाई किन ढाँट्दैछन् केपी र प्रचण्ड ? भनेर प्रश्न समेत गरेका छन् । 

हामी विकास चाहान्छौँ नेताहरु आफ्नो सत्ताको स्वार्थे चाहान्छन् जति जोगी आएपनि कानै चिरेका उनले भने । 

पार्टी एकता भन्दै कहाँसम्म डम्फु बजाउने मात्र हुन् तर पार्टी एकता हुनेमा आफुहरु शंकामा रहेको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ