arrow

ट्रक दुर्घटनामा परी तीन जनाको मृत्यु

logo
प्रकाशित २०७४ फागुन ४ शुक्रबार
accident-final.jpeg

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६ बोर्डरलाइनमा शुक्रबार बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ नंको आइचर ट्रक अरनिको राजमार्गबाट ५० मिटर तल भोटेकोशी नदीमा खसी दुर्घटना भएको हो । 

दुर्घटनामा परी बाह्रबिसे नगरपालिका–८, मानेस्वराका ३५ वर्षीय चालक शेखर अधिकारी, सोही स्थानका ४० वर्षीय सुब्बा अधिकारी र २० वर्षीय कमल अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ