arrow

मोदीको सन्देश लिएर भारतीय राजदूत पुरी पुगे ओली निवास, मुस्कान सहित साँटे खुसी 

logo
प्रकाशित २०७४ फागुन ४ शुक्रबार
kp-oli-indian-ambassdor.jpg

भक्तपुर। प्रधानमन्त्रीको कार्यभार सम्हाले लगत्तै नेपालका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्ना देशका प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको शुभकामना सन्देश लिएर भारतीय राजदूत मञ्जिभसिंह पुरी बिहीबार राती नै प्रधानमन्त्रीको नीजि निवास वालकोट पुगे। 

नेपालको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएकोमा भारतीय प्रधानमन्त्रीले आफ्ना राजदुत मार्फत ओलीलाई वधाई तथा शुभकामना पठाएका थिए। सो वधाई तथा शुभकामनाको पत्र पुरीले ओलीकै निवास पुगेर हस्तान्तरण गरे। 

खादा, माला र रुद्राक्षको समेत माला लगाएका ओलीलाई सन्दशका अतिरिक्त फुलको वुके दिएर राजदुत पुरीले वधाई दिएका थिए। त्यस अवसरमा उनीहरुबीच मुस्कान सहित खुसी साटासाट भएको भारतीय दुतावासले जारी गरेको तस्विरमा देखिएको छ। 

राजदूत पुरीमार्फत भारतीय प्रधानमन्त्री मोदीले पठाएको सन्देशमा प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायित्व पाउने आशा व्यक्त गरिएको छ । 

ओलीको नेतृत्वमा आर्थिक विकास र समृद्धि पनि हासिल हुने विश्वास व्यक्त गर्दै शुभकामना पत्रमा मोदीले नेपाल र भारतको प्रगाढ विश्वास, सद्भाव र पारस्परिक विश्वासमा आधारित युगौँ पुरानो सम्बन्धलाई विकास गर्न आफूहरुले उच्च महत्व दिने उल्लेख गरिएको छ । 

त्यसका लागि नेपाली जनता र नेपाल सरकारको साथमा रहेर विकासका लागि सहयोग गर्न भारत तयार रहेको पत्रमा उल्लेख रहेको प्रेस संयोजक अधिकारीले जानकारी दिए । 

भारतीय प्रधानमन्त्री मोदी सहित भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर सफल कार्यकालका लागि शुभकामना दिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ