arrow

प्रदेश राजधानी सार्नुपर्नेमा सांसदहरुको जोड

logo
प्रकाशित २०७४ फागुन ४ शुक्रबार
bhaktapur.jpg

भक्तपुर । प्रदेश नं ३ को स्थायी राजधानी हेटौडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधी तथा प्रदेश सांसदहरुले जोड दिएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी सांसदहरुले यस्तो जोड दिएका हुन ।
 
यसअघिको काम चलाउ सरकारले जनताको भावना चाहना र भूगोलको अबस्थालाई मल्याङकन नगरिकनै हेटौँडालाई हचुवाको भरमा अस्थायी राजधानी तोकेको उनीहरुले बताएका छन् । 

प्रदेश नं ३ को भूगोललाई समेत नियाल्दा हेटौँडा राजधानीका लागी उपयुक्त नभएको प्रतिनिधिसभा काभ्रेका सांसद गोकुल बास्कोटाले बताए । उनले प्रदेश सांसदहरुको बहुमतले प्रदेशका नागरिकलाई पायक पर्ने स्थानमा राजधानी सार्नुपर्नेमा जोड दिए । उनले सबैको पायकका लागी प्रदेश ३ को राजधानी काभ्रे नै उपयुक्त भएको दाबी गरे । उनले मन्त्री क्वाटरलाई भक्तपुर सारेर राजधानी काभ्रे बनाउँदा सबैभन्दा राम्रो हुने धारण राखे।
 
हेटौंडा कुनैपनि हालतमा राजधानी हुन नसक्ने भन्दै प्रतिनिधिसभा दोलखाका सांसद पार्वत गुरुङले पुर्व सिन्धुलीदेखि पश्चिम चितवनलाई मध्यनजर गरेर प्रदेशको राजधानी तोकिनुपर्ने भनाई राखे। हेटौँडामा अहिले स्थायी राजधानीका लागी खोलिएको बम्पर उपहार योजना गलत भएको भन्दै यस्तो कार्यले राजनीतिक भ्रष्टाचारलाई बढवा दिने उनको भनाई छ ।

कामचलाउ सरकारको प्राविधिक टोलीले समेत भक्तपुर र बनेपा मध्ये एक स्थानलाई प्रदेशको स्थायी राजधानी राख्न सकिने उपयुक्त स्थानका रुपमा प्रस्तुत गरेता पनि सकारका केही मन्त्रीहरुको चलखेलले हेटौँडा लगिएको उनले बताए। उनले प्रदशेसभामा यो बिषयले ऐजेन्डाका रुपमा उठान पाउनसाथ ३ नं प्रदशको राजधानी भक्तपुर अथवा काभ्रे हुने समेत बताए । उनले भक्तपुरको सानो थिमि सबैको पाएक पर्ने स्थान भएको उल्लेख गर्दै यदि प्राबिधिक टोलीले काभ्रे चयन गरेमा त्यस्को बिरोध समेत नगर्ने बताए ।
 
कार्यक्रममा दुइ जिल्ला बाहेक सबैकालागि अपायक स्थानका रुपमा ३ नं प्रदेशको अस्थायी राजधानी रहेता पनि अव प्रदेश नं ३ सांसदहरुले भक्तपुर अथवा काभ्रेमै राजनधानी सार्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ