arrow

मिना र डिबीले ' यो हाम्रो माया' भन्दै भ्यालेन्टाइन मनाए

logo
प्रकाशित २०७४ फागुन ४ शुक्रबार
velentine.jpg

काठमाडौं । भ्यालेन्टाइन डेले यो वर्षलाई विदा गरे पनि भ्यालेन्टाइनसँग सम्बन्धित प्रेमगीतका भिडियोहरु बजारमा आउने क्रम रोकिएको छैन । यही प्रेमको पर्वलाई लक्षित गरेर गायिका मिना निरौला र गायक डिबी खड्काको स्वरमा रहेको गीत ‘यो हाम्रो माया’ को भिडियो सार्वजनिक भएको छ ।

पाश्र्व गायनमा अहिलेकी हटकेक मानिएकी मिनाले यो गीतमा आफ्नो स्वरलाई निकै उत्कृष्ट किसिमले प्रस्तुत गरेकी छन् । पछिल्लो समयमा आइटम गीतमा ब्राण्डेड बनिसकेकी मिनाले त्यो गीतको ट्रेण्डलाई यो भिडियोले केही परिवर्तन गर्ने आशा व्यक्त गरेकी छन् ।

गीतमा होम न्यौपानेको शब्द र डिवीकै संगीत रहेको छ । गीतकार होमले गीतमा मायाको भावको भरपुर प्रयोग गरिएकोले अहिलेको प्रेमिल पुस्ताका लागि गीत महत्वपूर्ण रहेको दाबी गरे ।

गीतमा रोहित लामा, सुबोल थापा ,अनिश अधिकारी र स्वयम् गायक खड्काकै अभिनय रहेको छ । बसन्त महर्जनको छायांकन र मिलन थापाको सम्पादन रहेको गीतमा सुबोलकै निर्देशन छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ