arrow

प्रधानमन्त्री ओलीको पहिलो दिन : शुभकामना लिनेदेखि बिहेभोजसम्म

logo
प्रकाशित २०७४ फागुन ४ शुक्रबार
kp-oli.JPG

काठमाडौं । बिहिवार अपरान्हपछि मुलुकको ४१ औं प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी ओलीको पहिलो दिन शुभकामना ग्रहण र बिहे भोजमा सामेल भएर बितेको छ ।

प्रधानमन्त्री ओलीलाई शुभकामना दिन नेपाली सेना र नेपाल पुलिसका प्रमुखहरु बिहानै पुष्प गुच्छा सहित ओली निवास बालकोट पुगेका थिए ।

शुभकामना लिँदालिँदै ओलीले सुरक्षा व्यवस्थाबारे पनि जानकारी लिइहाले। उनीहरु बाहिरिएपछि, ओलीले आफ्नै कृपाबाट प्रदेश नम्बर ३ का मुख्य मन्त्री बन्न पाएका डोरमणि पौडेलसँग भलाकुसारी गरे । मुख्य मन्त्री पौडेल पनि शुभकामना दिने बहानामै ओली निवास पुगेका थिए ।

त्यसपछि ओलीलाई शुभकामना दिने कार्यकर्ता र शुभेच्छुकको भीड नै लाग्यो । बधाइ दिने टोलीको व्यक्तिगत र सामुहिक रुपमा आइरो नै लाग्यो ।

ओलीलाई शुभकामना दिन चलचित्रकर्मी शिव श्रेष्ठ पनि पुगेका थिए फूलको टोकरी सहित । विशेष गरी शुक्रवार एमालेका नेता कार्यकर्ताकै बढी हुलमुल थियो ओली निवासमा । मध्यान्ह पछि प्रधानमन्त्री ओली, पार्टी नेता कृष्णगोपाल श्रेष्ठकी छोरीको बिहेमा पुगे ।

केहीबेर बिहेको रमिता हेरेपछि उनी ललितपुरको सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठान पुगे । त्यसपछि उनी अन्ततिर धेरै नअल्मलिइकन बालकोट निवासमै फिरे। अहिले उनी घरमै आराम गरेर बसेका छन् । तर नेता कार्यकर्ताको हुलमुल भने बाक्लै छ ।

नीजि निकासमा बस्दै आएका ओली सरकारी निवास वालुवाटार भने सरसफलाइ लगायतका केहि काम सकाएर मात्र जाने उनको सचिवालयले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ