arrow

मुख्यमन्त्री गुरुङले लिए सपथ, माओवादी केन्द्रबाट २ मन्त्री सिफारिस

logo
सरिता तिम्सीना पगेनी,
प्रकाशित २०७४ फागुन ४ शुक्रबार
gurung.JPG

पोखरा। माओवादी केन्द्रले ४ नम्वर प्रदेश सरकारमा पठाउनका लागि २ मन्त्री सिफारिस गरेको छ । माओवादीले संसदीय दलका नेता हरिबहादुर चुमान र गोरखाका सांसद लेखबहादुर थापालाई मन्त्रीका लागि नाम पठाएको हो ।

माओवादीका नेता हरि अधिकारी र देव गुरुङको उपस्थितीमा भएको बैठकले दुई नेता छनौट गरेको हो । सिफारिस अनुसार आन्तरिक मामिला तथा कानुन (प्रदेश गृह) मन्त्रालयमा चुमान र भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा थापाको नाम छ ।

साथै प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शपथ लिएका छन । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँगै सभामुख नेत्रनाथ अधिकारीले पनि शुक्रवारै शपथ लिए । गुरुङलाई शुक्रबार प्रदेश ४ का प्रदेश प्रमुख बाबराम कुबँरले शपथ गराएका हुन् ।

आईतबार संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका गुरुङलाई सोमबार प्रदेशप्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यसपछि बुधबार नै शपथ ग्रहणको कार्यक्रम राखिएकोमा गुरुङकी कान्छीआमाको निधन भएपछि शपथ दुई दिन पछि सरेको थियो । अधिकारी बिहीबार मात्रै सभामुखमा निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ