arrow

शेर बहादुरले सम्झाए, ' बेलायत संविधान विना चलिरहेछ काँग्रेसको विधान त छ '

logo
प्रकाशित २०७४ फागुन ५ शनिबार
sher-bahadur-news.jpeg

काठमाडौं। विधि विधानको विषय काँग्रेसमा वेला वेलामा उठ्ने गर्छ। उठाउनेले आफ्नो असन्तुष्टी जनाउँछन जवाफ दिने पनि सम्झाउन खोज्छन। अनि विधि विधानको कुरा आफ्नो अनुकुल व्याख्या पनि हुने नै भयो। 

प्रधानमन्त्रीकै हैसियतमा रहँदा काँग्रेस सभापति शेर बहादुर देउवाले आफ्नो सहजताका लागि समेत सरकारी निवास वालुवाटारमा नै धेरै वैठक गरे। पार्टीका वैठकहरु धेरै जसो त्यहि भए। आदेश निर्देश सबै वालुवाटारबाटै भए। पटक पटक भएका प्रभावशाली तथा पदाधिकारीहरुको वैठक त्यहि भए। कहिलेकाँही भएका केन्द्रिय समितिको वैठक पनि वालुवाटारमा नै भयो।

वालुवाटारको ति वैठकहरुमा कहिलेकाँही रस्साकस्सी नि हुन्थ्यो। यस्तै रस्साकस्सी केन्द्रिय समितको एउटा वैठकमा पनि भयो। खासगरि सभापति देउवाले राष्ट्रिय सभाको चुनावका लागि खटाएका केन्द्रिय प्रतिनिधिले विधि विधान मिचेर प्रदेश संसदीय दलका नेता चयन गरेर आएको विषयमा केन्द्रिय समितिका नेताहरुले सभापतिको ध्यानाकर्षण गराएका थिए। 

प्रदेश संसदको काम कार्वाही सञ्चालन गर्ने पार्टीमा कुनै विधि विधान केहि पनि नभएको अवस्थामा त्यो नबनाइ संसदीय दलको नेता हचुवाका भरमा तोकेर आएकोमा केन्द्रीय समितिका सदस्यहरुले आपत्ति जनाए। केन्द्रीय समितिका नेताहरुको कुरा ध्यान दिएर सुनिरहेका सभापति देउवाले वैठकमा सम्झाउँदै भने यो व्यवहार मिलाएको हो। सबै ठाउँमा विधि विधान खोजेर कहाँ हुन्छ। देउवाले बेलायतको उदाहरण दिदै भने बेलायत संविधान विना चलिरहेको छ हामी कति विधि र विधानको कुरा गर्छौ।  कतिपय व्यवहार पनि हेरौ। 

सभापति देउवाले नै त्यति भनेपछि कुरा उठाउने नेताहरु पनि हेरेको हेर्‍यै भए। काँग्रेसले ७ प्रदेशमा पठाएका केन्द्रीय प्रतिनिधीहरुले प्रदेश २ र ३ मा प्रदेश संसदीय दलको नेता चयन गरेर आएका थिए। अरु ठाउँमा भने प्रदेशको संसदीय दलको नेता चयन हुन बाँकी रहेको छ। 

सभापति देउवा पूर्व प्रधानमन्त्री भइसकेपछि बुढानिलकण्ठ सरिसकेका छन्। सभापतिको हैसियतमा मात्र देउवाले अब पार्टीको काममा वढी ध्यान दिन पाउने भएका छन्। पार्टीको केन्द्रीय समितिले एक महिना म्याद दिएर चुनावको समिक्षा गर्न मातहतका निकायलाई गरेको निर्देशन अनुसार प्रतिवेदन केन्द्रमा आइपुग्ने समय भएको छ। सम्भवत अब यहि फागुन महिनामा बस्ने केन्द्रीय समितिको वैठकमा चुनावको समिक्षा सघन रुपमा हुनेछ। कतिपय विधि र विधानको लागि पार्टीको महासमितिको वैठक सोहि वैठकले तोक्ने छ एक केन्द्रीय सदस्यले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ