arrow

२५ करोड अपचलन गर्ने बोहोरा दाजुभाईको केस मिलाउन किन अघी सरे जाजु र परासर?

भन्सारमा अपचलन र ठगीको संगठित र्‍याकेट उदाङगो हुँदै

logo
आर्थिक व्यूरो।
प्रकाशित २०७४ फागुन ५ शनिबार
lalit-suresh.jpg

मोरङ। नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गतको रानी भन्सार कार्यालय विराटनगरले सरकारी कोषमा दाखिला गर्ने गरि उठाएको करिव २५ करोड रुपैयाँ राजस्व बैङकका कर्मचारीको मिलेमतोमा अपचलन गरि फरार भएका भन्सार संघका दुई एजेन्टको केस मिलाउन मोरङगमा संगठित प्रयास शुरु भएका छन्।   

रानी भन्सार कार्यालय विराटनगरले राजस्वमा दाखिला गर्न पठाएको रकम भन्सार एजेन्ट संघका उपाध्यक्ष शुरेस वोहोरा र उनको दाई ललित बोहोराले भन्सार कार्यालय परिसरमा रहेको वाणिज्य वैंङक ड्राइपोर्ट शाखाका कर्मचारीको मिलेमतोमा अपचलन गरेको बिषय सार्वजनिक भएपछि भन्सार एजेन्ट संघ र मोरङगका केहि व्यापारी संगठित रुपमा उनीहरुको केस मिलाउन लागेका हुन्। बैङकमा दाखिला हुनपर्ने रकम अपचलन गर्ने बोहोरा दाजुभाइ अहिले भन्सार तथा बैङकको सम्पर्कमा नरहि फरार रहेका छन्। 

रानी भन्सारबाट हुने सबै कारोवारको भन्सार महशुल राष्ट्रिय बाणिज्य बैङकको त्यहि शाखामा बुझाइन्छ। भन्सारबाट हुने प्रत्येक कारोवारको नगद वा गुड फर पेमेन्ट गरि राजस्व बुझाउने चलन छ। तर बोहोरा दाजुभाइले वाणिज्य वैङकका कर्मचारीसँगको मिलेमतोमा राजस्वमा दाखिला गर्नुपर्ने रकम नगद वा गुड फर पेमेन्टमा नबुझाई एकाउण्ट पेयी चेकमा बुझाउने गरेका थिए। वाणिज्य वैङकको कर्मचारीको मिलेमतोमा एकाउण्ट पेयीमा बुझाएका भन्सार महसुल एकपछि अर्को गर्दै वाउन्स हुन थालेपछि सरकारी रकममा संगठित रुपमा लुट भएको खुलासा भएको हो। 

अहिले एशियन थाइ फुड्ससँग सम्वन्धित आनन्द जाजु, संघका अध्यक्ष विजेन्द्र परासर र अविनास वोहोरा बोहोरा दाजुभाइले अपचलन गरेको प्रकरण सामसुम पार्न लागिपरेका छन्। आनन्द जाजु हालै नेपाली काँग्रेसले राष्ट्रिय सभामा उमेद्वार बनाएका महेश जाजुका भाई हुन्। 
सो प्रकरणका बोहोरा दाजु भाइसँग अविनाशको पारिवारिक नाता छ । परासर भने संघका अध्यक्ष हुन। त्यो भन्दा पनि उनीहरु व्यवसायिक साझेदार पनि रहेको बताइन्छ । 

बोहोरा दाजुभाइलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि आनन्द जाजुले केस मिलाउन ५ करोड रुपैयाँ दिएका छन्। उनीहरुले राजनीतिक प्रभाव समेत उपयोग गरि केसलाई सामसुम पार्न प्रयास गरिरहेका छन्। 

भन्सार निकट स्रोत भन्छ वोहोरा दाजुभाइले अपचलन गरेको रकम जाजु, परासर र बोहोराले समेत प्रयोग गरेका थिए। त्यसकारण पनि उनीहरु रकम दिनेदेखि केस मिलाउन समेत अघी सरेका छन्। स्रोत भन्छ, ' विजेन्द्र परासर र आनन्द जाजुको फोन ट्रेस गरेमा फरार रहेका बोहोरा दाजुभाइको समेत अवस्था सबै थाहा लाग्छ। '

Image may contain: 1 person, text

भन्सार एजेण्ट संघको अध्यक्ष परासर बोहोरा दाजुभाइको अनुपस्थितिमा उनीहरुको काम आफ्नो फर्मबाट गराउँदै समेत आएका छन्। भन्सारका एक कर्मचारीले भने, 'अहिले हामी त कामदार जस्ता मात्र भएका छौ भन्सार चाहि एजेन्ट संघको कम्पनी जस्तो भएको छ। उनीहरुले जे चाह्नछन त्यहि मात्र हुन्छ। धेरै बोले हाम्रै सरुवा हुन बेर लाग्दैन।'

बोहोरा दाजुभाई अहिले मोवाइल बन्द गरेर सम्पर्क विहिन भएका छन्। करिव २० देखि २५ करोड रुपैया सरकारी रकम अपचलन गरेका उनीहरु अहिले भन्सार बैङक र एजेण्ट संघ कसैको पनि सम्पर्कमा छैनन्। बोहोरा दाजुभाइले वाणिज्य बैङकका कर्मचारीहरुसँग मिलेर सरकारी रकम दुरुपयोग गर्ने धन्दा चलाएको घटनाक्रमले देखाएको छ। उनीहरुले बैङकमा दाखिल हुने पैसा समयमा नबुझाएर कर्मचारीसँग मिलेर त्यसलाई मिटर व्याजमा लगाउनेदेखि जग्गा तथा शेयरमा समेत लगानी गर्ने गरेको भेटिएको छ। 

दुई एजेण्टले बैङक कर्मचारीसँग मिलेर करोडौं रकम दुरुपयोग गरेको कुरा गाइगुई शुरु भएदेखिनै वाणिज्य बैङकका कर्मचारीले बैङकको पैसा मिटर व्याजमा लगाउने गरेको पनि तथ्य सार्वजनिक भएको छ। भन्सारमा एजेण्टहरुलाई एक दिन १० लाख चलाउन दिए वापत कर्मचारीले दिनको ३ हजार लिने गरेको समेत भेटिएपछि कसरी सरकारी रकम मिलेमतोमा दुरुपयोग हुने रहेछ भन्ने पनि प्रष्ट भएको छ। 

यो प्रकरणमा वाणिज्य बैङकले केहि नबताएपनि बैङकका प्रमुख कार्यकारी अधिकृत विराटनगर आएर घटनाको छानविन गर्न निर्देशन दिएका थिए। तर उनलाई पनि प्रभावमा पारेर मिल्न दवाव दिइएको बताइएको छ। वाणिज्य बैङक केन्द्रीय कार्यालयका डिजीएम तथा प्रवक्ता शुसिल श्रेष्ठले आफूलाई रानी भन्सार प्रकरणबारे केहि पनि जानकारी नभएको बताए। घरायसी काममा व्यस्त भएर त्यता ध्यान दिन नपाएको प्रवक्ता श्रेष्ठको भनाइ थियो।

यो पनि पढनुस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ