arrow

बिहारमा चिट चोर्ने हजार विद्यार्थी निष्काशित

logo
प्रकाशित २०७४ फागुन ५ शनिबार
student_(2).jpg

काठमाडौं ।  कक्षा १२ को परीक्षामा चीट चोर्ने भारत बिहारका करीब १ हजार जना विद्यार्थीलाई निष्काशन गरिएको छ । बिहार स्कूल अफ इक्जामिनेशन बोर्ड (बीएसइबी) का प्रमुख आनन्द किशोरले, ती विद्यार्थीलाई अनुचित तरीका अपनाएको भन्दै निष्काशन गरिएको शनिवार बताएका छन् ।

बिहारमा फेब्रुअरी ६ देखि कक्षा १२ को परीक्षा शुरु भएको थियो । बीएसइबी प्रमुख किशोरले परीक्षामा सामेल भएका २५ जना नक्कली परीक्षार्थीलाई पनि ठाउँका ठाउँ समातिएको र उनीहरुका अभिभावकले समेत चिट चोराउन मद्दा गरेकोले, उनीहरु बिरुद्ध समेत मुद्दा दर्ता गरिएको जानकारी दिएका छन् ।

 उनले, यसपाली पहिले पहिलो जस्तो नभएर परीक्षा निष्पक्ष रुपमा गरिएको दाबी समेत गरे । बिहारमा यसपाली १२ कक्षाको परीक्षामा १ करोड १२ लाख भन्दा बढी परीक्षार्थी सामेल भएका थिए । बिहारमा वर्षौंदेखि आम रुपमा चिट चोरी हुने गरेको खबर आउने गर्थे ।

 गत वर्ष मात्रै कक्षा १२ मो मानविकी संकायमा ४२ वर्षका विद्यार्थीले टप गरेपछि, उनले उमेर ढाँटेको पाइएको थियो । पछि उनलाई पक्राउ गरेर छलकपटको अभियोग लगाइएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ