arrow

अब दुःखेसो पोख्न थाले प्रचण्ड– ‘एकता टुटाउन प्रलोभन देखाउँदैछन् मलाई’

logo
प्रकाशित २०७४ फागुन ५ शनिबार
prachada.jpg

महोत्तरी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टी एकताको विषयलाई लिएर दुःखेसो पोख्न थालेका छन् । महोत्तरीमा आयोजित सभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले ‘निर्वाचनमा झन्डै दुई तिहाई बहुमत आइसकेपछि कहिले माओवादी, कहिले एमालेलाई प्रलोभन र धम्की दिएर गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ’–भने ।

कार्यकर्तातिर हेर्दै उनले भने, ‘तपाईहरु सतर्क रहनु होला । कसैको षड्यन्त्रमा हामी फस्नु हुँदैन । जनता कोही दिग्भ्रमित नहुन् । एउटा ऐतिहासिक मिसन हामीले सुरु गरेका छौंँ । नयाँ युग निर्माण गर्ने । शहीद र अग्रजहरुले देखेका क्रान्तिको सपना पूरा गर्न निरन्तर अघि बढ्नुपर्छ ।’

उनले जनता, सिंगै पार्टीका नेता, कार्यकर्ताहरु आफैं अगाडि नआएसम्म मिसन पूरा हुँदैन, भने । अध्यक्ष दाहालले एक–दुई जना नेतामा भर परेर विकास, समृद्धि र समाजवादसम्म पुग्न नसकिने बताए । वाम गठबन्धनप्रति जनताले ठूलो आशा, अपेक्षा गरेको भन्दै त्यसलाई पूर्णता दिन सरकारलाई पूर्णता दिइ अघि बढ्ने उनले सुनाए ।

तर, उनले पार्टी एकतालाई निष्कर्षमा लैजान दुबै पार्टीभित्र दबाब बढाउनुपर्ने आवश्यकता भने औँल्याएका छन्  । उनले एमाले र माओवादी नेता, कार्यकर्तासहित आम जनसमुदायलाई विभिन्न षड्यन्त्रप्रति सचेत रहन भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ