arrow

‘उत्तर कोरियासँग बैठक चाँडै हुनसक्छ’

logo
प्रकाशित २०७४ फागुन ५ शनिबार
south-koreanorth-korea.jpg

पियनचोन, दक्षिण कोरिया । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले अहिले नै उत्तर कोरियासँगको बैठक अलि चाँडो हुने प्रतिक्रिया दिएका छन् ।  हालैका दिनमा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको छ । हालैमात्र दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको सहभागिताका कारण यी दुई देशबीचको सम्बन्ध विगतका तुलनामा केही सुधार भएको हो ।
 
यसैकारण उत्तर कोरियाले दक्षिण कोरियालाई बैठकको निमन्त्रणा दिएको छ । उत्तर कोरियाका नेता किम जोङ उनले उत्तर कोरियामा दुई देशको बैठकका लागि आमन्त्रण गरेका थिए ।  सो बैठकमा उनको उपस्थितिका लागि निमन्त्रणा पत्र दक्षिणका राष्ट्रपति मुनले प्राप्त गरेका छन् ।  उत्तर कोरियाका नेता जोङ उनकी बहिनीले सो पत्र मुनलाई हस्तान्तरण गरेकी थिइन् ।  उनि सो ओलम्पिकमा सहभागिताका लागि त्यहाँ  पुगेकी हुन् ।

दक्षिण कोरियाको पियनचोन नामक सहरमा रहेको प्रेस सेन्टरमा सम्वाददाताहरुसँग राष्ट्रपति मुनले भने– दक्षिण कोरिया र उत्तरका बीचमा धेरै सम्भावनाहरु छन्, आगामी दिनमा आपसी वार्ताबाटै सबै कुराको टुंगो लगाउनुपर्छ तर अहिले नै बैठकमा बसिहाल्ने भन्ने कुरा चाहिँ अलि हतार हुनसक्छ ।

सम्वाददाताहरुको जिज्ञासामा उनले भने– हामी कोरियनहरुले हतारमा काम गर्छौँ भन्ने प्रचलन नै छ । यसै सन्दर्भमा उनले कोरियाली उखान सुनाए – हामी कोरियालीहरुलाई हतारमा कामगर्ने भनेर यस्तो स्थानीय उखानको प्रयोग गर्ने गरिएको छ– इनारको छेउमा तातोपानी खोज्ने ।
 
उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघका विभिन्न नाकाबन्दी र प्रतिबन्धहरु अहिले पनि कायमै छन् । उसलाई सुरक्षा परिषदले पनि यस विषयमा कालो सूचीमा राखेको छ । उत्तर कोरियाले गतवर्ष धेरै आणविक परीक्षणहरु गरेको थियो ।

उनले उत्तर कोरिया र संयुक्त राज्य अमेरिकासँग पनि वार्ता गर्नुपर्ने विषयमा राष्ट्रिय सहमतिको वातावरण भने बनिरहेको बताए ।
 
हामी पनि दक्षिणको तर्फबाट तयार नै छौँ र उत्तर कोरियाले पनि वार्ताको पहल गरेको छ यो राम्रो र सकारात्मक पहल हो भन्दै उनले यही अवस्थाबाट अघि बढेमा आगामी केही दिनमा प्रारम्भिक रुपमा वार्ता हुने र अर्को बृहत मात्राको बैठक भने केही पछि नै गर्नुपर्ने उनले बताए । एएफपी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ