arrow

प्रदेश ७ मा मन्त्री र मन्त्रालयको टुंगियो भागबन्डा

मुख्यमन्त्री सहित माओवादी का ३, एमालेको भागमा ४ मन्त्रालय

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ फागुन ५ शनिबार
trilocan.jpg

धनगढी । शनिवार धनगढीमा मुख्यमन्त्री त्रिलोचन भट्ट र ६ जना मन्त्रीले सपथ ग्रहण गरे संगै प्रदेश नम्बर ७ मा बाम गठबन्धन बिच मन्त्रालयको भागबन्डा टुंगिएको छ ।

प्रदेश प्रमुख मोहनराज मल्लले मुख्यमन्त्री त्रिलोचन भट्टले सपथ ग्रहण गरे लगत्तै मुख्यमन्त्री भट्टले ६ जना मन्त्रीहरूलाई पद तथा गोपनियताको सपथ ख्वाएका थिए । शनिवार गठन भएको प्रदेश ७ को मन्त्री मन्डलमा बाम गठबन्धनको दल माओवादी केन्द्रका मुख्यमन्त्री सहित २ मन्त्री र एमालेका ४ जना मन्त्री मण्डलमा समाबेश भएका छन् ।

शनिवार गठित प्रदेश नम्बर ७ को मन्त्री मण्डलमा नेकपा एमालेबाट दीर्घ सोडारी सामाजिक बिकास मन्त्री ,प्रकाश शाह आन्तरिक मामिला तथा कानुन ,पठानसिह बोहरा भौतिक पुर्वाधार तथा योजना ,माया भट्ट उद्योग पर्यटन वन तथा बाताबरण र माओवादी केन्द्रबाट झपट बोहरा आर्थिक तथा योजना,बिनिता चौधरीले भुमी ब्यबस्थापन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

दिउँसो ३ बजे मुख्यमन्त्रीको सपथ ग्रहणको कार्यक्रम तय गरिए पनि बाम गठबन्धनका नेताहरु बीच  मन्त्री र मन्त्रालयको टुंगो लगाउन अबेर भएकाले सपथ ग्रहण कार्यक्रम बेलुका ५ बजे मात्रै हुन सकेको हो ।

मुख्यमन्त्री र ६ जना मन्त्रीले आज सपथ ग्रहण गरे संगै प्रदेश नम्बर ७ को सरकारले पुर्णता पाएको छ । मन्त्रालयको टुंगो लगाउन हम्मेहम्मे देखिएका दलहरूले अनन्त प्रादेशिक सरकार गठनको प्रक्रिया टुंग्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ