arrow

सिमा समस्या उजागर गर्न दशगजा कप फुटबल प्रतियोगिता हुँदै

logo
दीपेन्द्र बस्नेत
प्रकाशित २०७४ फागुन ५ शनिबार
football-new.jpg

अमरबस्ती,पुनर्वास । कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वासमा सुदुरपश्चिम फुटबल एकाडेमीद्वारा दशगजा कप फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।  प्रतियोगिताको बारे पत्रकार सम्मेलन गरेर आयोजक सुदुर पश्चिम फुटबल एकाडेमीले  जानकारी दिइएको हो ।

 नेपाल भारतको सिमा क्षेत्रमा देखीएका समस्याहरु लाई उजागर गर्नुका साथै कञ्चनपुरको दक्षिणी क्षेत्रमा खेलकुदको विकास गराउने उद्देश्यले फुटवल प्रतियोगीता गर्न लागेको सुदुरपश्चिम फुटवल एकेडेमीका अध्यक्ष सुरेश अधिकारीले वताए ।

 पुनर्वास नगरपालिका ११ स्थित राष्ट्रिय माविको मैदानमा फागुन १४ गते दैखी २६ गते सम्म खेल सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो  ।

फागुन २६ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा १६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम पुरस्कार २ लाख नगद द्वितीय पुरस्कार १ लाख नगदका साथै ट्रफि प्रदान गरीने सुदुरपश्मि फुटवल एकेडेमीका अध्यक्ष अधिकारीले वताए ।

प्रतियोगीतामा उत्कृष्ट खेलाडी १ जनालाई १० हजार नगद, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट फरवार्ड खेलाडी तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षकलाई ५–५ हजारका दरले पुरस्कृत गरीने छ । खेलमा उदायमान खेलाडीलाई ५ हजार  र म्यान आफ द म्याच प्रत्येक खेलमा १ हजार  ५ सय प्रदान गरीने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगीतामा हालसम्म ८ ओटा टिम दर्ता भैसकेको र वाकी क्लव तथा टिमलाई फागुन १० गते सम्म टिम दर्ताको मिती तोकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ