arrow

सुजाता भन्छिन 'देशलाई अभिभावकीय भुमिका दिन सक्ने व्यक्ति राष्ट्रपतिको उमेद्वार'

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
476748188.jpeg
काठमाडौँ। नेपाली काँग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेर उम्मेदवार चयनको जिम्मेवारी पार्टी पदाधिकारीलाई दिएपछि काँग्रेसले कस्तो उम्मेद्वार बनाउँछ भन्ने सर्वत्र चासो पैदा भएको छ। 
 
पार्टीभित्र कतिपयले मधेशी समुदायबाट प्रतिनिधित्व गराउनुपर्ने बताएका छन्। कतिपयले मधेशी समुदायकै वहालवाला राष्ट्रपति डा रामवरण यादवलाई दोहोर्‍याउनुपर्ने तर्क पनि राखेका छन्। तर पहिलो संविधानसभासम्मको कार्यकाल दोस्रो संविधानसभासम्म लम्विएर सात बर्षभन्दा वढी राष्ट्रपति भइसकेका व्यक्तिलाई दोहोर्‍याउन नहुने अडान पनि पार्टीभित्र त्यतिकै छ। 
 
सहमतिमा राष्ट्रपति र उपराष्ट्रपति चयनको म्याद आइतवार सकिदैछ। तर दलहरुबीचमा सहमतिको प्रयास भएपनि अन्तिम टुङगो लागेको छैन। सहमतिका लागि काँग्रेसको उमेद्वारलाई अन्य दलले पनि समर्थन गर्ने अवस्था बन्न सक्छ। तर एमालेले राष्ट्रपतिमा उमेद्वारी दिने बताएपनि सहमतिको लागि यो उसको प्रयासको रुपमा पनि अर्थ्याइदै छ। 
 
अहिलेको तरल राजनीतिक अवस्थामा काँग्रेसले देशलाई भरोसा दिन सक्ने अभिभावकीय भुमिका प्रदान गर्न सक्ने पात्रलाई नै राष्ट्रपतिमा उमेद्वार बनाउनु पर्ने काँग्रेस नेताहरुको भनाइ छ। यस्तै मत राख्नेमा छिन काँग्रेस नेतृ सुजाता कोइराला। कोइराला भन्छिन राष्ट्रपतिको उम्मेदवार बनाउँदा पार्टीले मापदण्ड बनाएर चयन गर्नुपर्छ।  देश र जनताका लागि लामो समय काम गरेको, अनुभवी, त्यागी, जिम्मेवार, देशलाई अभिभावकीय भुमिका दिन सक्ने व्यक्तिको चयन गरेमा देशले सहि राष्ट्रपति पाउने विश्वास कोइरालाको छ। अघिल्लो कार्यकालमा मधेशी समुदायबाट राष्ट्रपति भएको कारण यसपटक जनजाती वा दलित समुदायको भए उत्कृष्ट हुने कोइरालाको बुझाई छ। 
 
काँग्रेसभित्र यतिखेर राष्ट्रपतिमा बिशेषगरि पार्टी नेता केबी गुरुङको नाम चर्चामा छ। तराई मधेशमा जारी आन्दोलनलाई देखाएर राष्ट्रपति डा रामवरण यादवलाई दोहोर्‍याउनुपर्ने चर्चा पनि छ। पार्टी सभापति शुसिल कोइरालालाई नै राष्ट्रपतिको प्रस्ताव गर्नेहरु पनि छन्। आसन्न महाधिवेशनमा पार्टी सभापतिमा शुसिल कोइराला नै उमेद्वार हुने भएमा पार्टी सभापति हुन नसक्ने अवस्था हुने भन्दै बरु अहिले राष्ट्रपति बन्ने अवस्था भए रामचन्द्र पौडेललाई उमेद्वार बन्न सुझाव दिनेहरु पनि छन्। कतिपयले दोस्रो संविधानसभाको चुनाव गराएका कार्यकारी प्रमुख खिलराज रेग्मीलाई राष्ट्रपति बनाउनुपर्ने तर्क पनि काँग्रेसभित्र गरेका छन्। तर यो भारतीय संस्थापनको चाहनाको रुपमा अगाडी आउँदै गर्दा त्यो पुरा हुनेमा भने आशंका छ। दलित समुदायका तर्फबाट काँग्रेसले मान वहादुर विश्वकर्माको नाम समेत चर्चामा छ। 
तर काँग्रेसले अन्य दलहरुसँग परामर्श र छलफल पछि रणनीति तय गर्ने पार्टी प्रवक्ता दिलेन्द्र बडुले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ