arrow

मेयर कप भलिबल प्रतियोगिता शुरु

logo
सीता डोटेल,
प्रकाशित २०७४ फागुन ५ शनिबार
football_(2).jpg

पाल्पा ।  अन्तर वडा स्तरिय मेयर कप भलिवल प्रतियोगिता रामपुरमा शुरु भएको छ । रामपुर नगरपालिका स्तरिय खेलकुद बिकास समितिको आयोजनामा भएको खेलको उद्घाटन रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले गरे।

खेलका रेफ्री नेत्र गाहालाई बल हस्तान्तरण गर्दै शुरु भएको प्रतियोगिताको उद्घाटन खेल वडा नम्बर २ र १० बिच भएको थियो । ५ सेटको खेलमा ३–२ सेटको अन्तरले वडा नम्बर २ ले जित हात पारेको छ । रामपुर खेलकुद विकास समिति अध्यक्ष शंकर ब. खाणको अध्यक्षता भएको उद्घाटन कार्यक्रम उपाध्यक्ष राजु गुरुडको स्वागत सचिब दुर्गेश मल्लको सञ्चालनमा भएको हो ।

प्रतियोगितामा पुरुष तर्फ नगरका १० वटै वडा र महिला तर्फ वडा नम्बर १,२,३,४,९ र १० गरि ६ वटा वडाको सहभागिता रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ