arrow

अस्पताल र शिक्षण संस्था नजिकै ग्यारेज वा पसल थाप्न नपाइने

logo
प्रकाशित २०७४ फागुन ५ शनिबार
Putting-Your-Car-into.jpg

काठमाडौं । अस्पताल र शिक्षण संस्था वरपर अब ग्यारेज अथवा वर्कसप राख्न नपाइने भएको छ । ग्यारेज र वर्कसपमाथि निगरानी गर्न सरकारले ल्याउन लागेको निर्देशिका जस्ताको त्यस्तै कार्यान्वयनमा आए अस्पताल र शैक्षिक संस्था वरपर अब पसल थाप्न पाइँदैन ।

सवारीसाधन मर्मत गर्न सञ्चालित यस्ता व्यवसायलाई नियमन गर्न सरकारले ‘कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका– २०७४’ तयार गरेको हो । निर्देशिकाको मस्यौदामा अस्पताल र शैक्षिक संस्थाको दुई सय मिटर वरपर वर्कसप र ग्यारेज सञ्चालन गर्न नपाइने भनिएको छ । यातायात व्यवस्था विभागले निर्देशिकाको मस्यौदा तयार पारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा स्वीकृतिका लागि पठाइसकेको छ ।

विभागका महानिर्देशक रूपनारायण भट्टराईले सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ को दफा १५९ ले दिएको प्रावधान अनुसार निर्देशिका बनाइएको बताएका छन् ।

‘उपत्यकाका वर्कसप तथा कारखाना अव्यवस्थित रूपमा चलिरहेकाले व्यवस्थित गर्न निर्देशिका ल्याएका हौँ,’ उनले भनेका छन्, ‘अस्पताल र शिक्षण संस्थानजिकै भएका वर्कसप तथा कारखानाले नकारात्मक असर पारिरहेका छन् , त्यसको नियन्त्रण गर्न लागिएको हो ।’ उनले मन्त्रालयले स्वीकृत गर्ने वित्तिकै निर्देशिका कार्यान्वयनमा आउने सुनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ