arrow

एयर एम्वुलेन्स नमिल्दा खुम बहादुरलाई भारत लैजान ढीलाई

आइतवार भारत लगिने

logo
प्रकाशित २०७४ फागुन ६ आइतबार
khum-bhahadur-khadka-new-bardiya.jpg.jpeg

काठमाडौं। अचानक विरामी भएर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खडकालाई थप उपचारका लागि भारत लैजान एयर एम्वुलेन्स नमिल्दा उपचार प्रभावित भएको छ। शनिवार नै एयर एम्वुलेन्समा भारत जाने तयारी भएपनि भारतमा पनि सिमित मात्रामा रहेका एयर एम्वुलेन्स व्यस्त भएर नेपाल आउन नपाएपछि खड्काको दिल्ली उपचार यात्रा प्रभावित भएको हो। 

खडकालाई उपचारका लागि दिल्ली लैजान शुरुमा हवाइ टिकट लिएपनि स्वास्थ्यमा जटिलता आउन सक्ने आशंकाले एयर एम्वुलेन्समै लैजाने तयारी भएको थियो। तर भारतबाटै आउनुपर्ने एयर एम्वुलेन्स आउन नसक्ने भएपछि आइतवार नेपाल एयरलाइन्सबाटै खड्कालाई दिल्ली लान थालिएको हो। थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका खड्कालाई आइतवार नेपाल एयरलाइन्सबाट लाने तयारी रहेको सहयोगी चुडामणी कँडेलले बताए। ।

खड्कासँगै उपचारका लागि उनको उपचारमा संलग्न दुई चिकित्सक र पारिवारिक सहयोगीहरु दिल्ली जाने भएका छन्। दिल्लीमा उनको एपोलोमा उपचार हुने छ। नेपालमा भने खड्कालाई बिहिवारदेखि नै क्रिटिकल केयर युनिट सीसीयूमा राखेर उपचार भइरहेको छ। अचानक विरामी भइ अस्पतालमा उपचार गराइरहेका खड्कालाई भेट्न नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा शनिवार विहान अस्पताल पुगेका थिए। नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य प्रकाशमान सिंह लगायतका केन्द्रीय नेताहरु र पार्टीका कार्यकर्ताहरु अस्पताल पुगेर खड्काको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए। 

स्वास्थ्यमा अचानक समस्या देखिएपछी उपचारको लागी बिहिवारदेखि नर्भिक अस्पतालमा भर्ना भएका खड्का लामो समयदेखि मृगौला रोगबाट पिडित रहेका छन्। मृगौलाको समस्या भएपछि मृगौला नै फेरेका खड्कालाई युरिक एसिड समेत रहेको छ। धेरै धपेडी हुँदा उनलाई पटक पटक अस्पताल भर्ना नै हुनुपर्ने अवस्था आउँछ। राष्ट्रिय सभा चुनाव, समानुपातिक निर्वाचनको नाम टुङग्याउने लगायतका काँग्रेसको वैठकहरुमा व्यस्त हुनुपर्दा भएको धपेडीले उपचार नै गराउनु पर्नेगरि अस्पताल भर्ना हुनु परेपनि खड्काको अवस्था खतरामुक्त रहेको कँडेलले बताए। 

उपचारका लागि नर्भिक पुग्दाको शुरुको दुई दिन अनुहार र जीउ केहि बढी सुन्निएको भएपनि अहिले अवस्था सामान्यिकरणतर्फ उन्मुख रहेको कँडेलले जानकारी दिए। नियमित उपचारका लागि पनि भारत जानुपर्ने समय आएकोले यो पटक विशेष उपचार पछि मात्र नेपाल फर्किने गरि उपचारका लागि जाने तयारी भएको खड्काको पारिवारिक स्रोतले बताएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ