arrow

एमाले–माओवादी एकता संयोजन समिति बैठक बस्दै, सबै प्याकेजमै सहमति 

logo
प्रकाशित २०७४ फागुन ६ आइतबार
uml-maobadi-new.jpg

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक आइतबार बस्दैछ । यो बैठकले दुई दलबीच विद्यमान असहमतिको ‘डेडलक’ हटाउने विश्वास दुवै दलका नेताको विश्वास छ । 

पार्टी एकताको विधिलगायत विषयमा विवाद भएपछि गत बुधबार वाम एकता संयोजन समिति सहमतिमा पुग्न सकेको थिएन । आइतबार पुनः छलफल गर्ने गरी एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको थियो । 

शनिबारको त्यो सहमतिले बिहिबार बिहानदेखि जारी अन्योलको अन्त्य गर्ने उनीहरुको विश्वास छ । 

एमाले सहमतिबाटै समाधान निस्कनेमा विश्वस्त देखिएको छ । एक एमाले नेताले हाम्राकुरासंग भने, ‘सरकारमा माओवादी नगएकाले अलमल देखिएको हो केही दिनमै पूरै प्याकेज आउँछ ।’ उनले पार्टी एकतामा ब्याक गियर नलाग्ने पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ