arrow

रहेनन् बिपीका अनुयायी डम्वर ‘बा’

स्याङ्जा दलितका अगुवा थिए डम्वर

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ फागुन ६ आइतबार
dambar_ba.jpg

स्याङ्जा । स्याङ्जा काँग्रेसका अगुवा तथा दलित नेता डम्वर बहादुर वि.क. ७४ बर्षको उमेरमा निधन भएको छ । स्वास प्रस्वासका रोगी वि.क.लामो समय काँग्रेसमा राजनीति गर्दगर्दै यो संसरबाट विदा भएका छन् । दलितलाई पछाडी पारिएको भन्दै राजनीतिमा हाम फालेका विक काँग्रेसमा रहेर अधिकारका लागि लड्दै आएका स्याङ्जाका दलितका एक मात्र पुराना नेता हुन् ।

 विपि कोइरालाको अनुयायी पाएका विक संसरबाट विदा भएपछि दलित समुदाय समेत टुहुरो महसुस गरेका छन् । शनिवार नेपाली काँग्रेसका महासमिति सदस्य भोजराज अर्यालको नेतृत्वमा समवेदना दिन विकको घरमा पुगेको थियो । विकको राजनीतिक यात्रा राम्रो सगँ जानेका र सगै राजनीतिक परिवर्तनमा हिडेका अर्याल विकको घरमा पुग्दा अत्यन्तै स्तव्ध देखिएका थिए ।

प्रजातान्त्रिक आन्दोलनमा दलित समुदायको कम सहभागिता हुदा एक्लै नेतृत्व गरेर हिडेका विक इमान्दार कार्यकर्ता हुन् महासमिति सदस्य अर्यालले भने,“डम्वरको निधनले एक कुशल दलित अगुवा नेता गुमाएयौ ।” नेपाली काँग्रेस स्याङ्जामा डम्वर बा भनेर परिचय बनाएका थिए अर्यालले भने । डम्वर बा हामी माझ नभएपनि नेपाली काँग्रेसमा हजारौ दलित कार्यकर्ता उत्पादन गर्ने असल नेताको परिचय बनाएका थिए ।

 दलित भएर पनि काँग्रेसमा कहिल्यै लाभको पदमा नरहेका विक आज स्याङ्जा काँग्रेसले गुमाएको छ । उनको निधनले काँग्रेसलाई ज्यादै ठुलो क्षती पुगेको नेपाली काँग्रेसका पुर्व क्षेत्रिय सभापति केदार काफ्लेले बताए । स्याङ्जा अर्जुनचौपारी गाँउपालिका १ मा जन्मेका विक ४० सालदेखि सक्रिय राजनीतिमा लागेका थिए । सत्यग्रह देखि २०४६ को आन्दोल र २०६२÷०६३ को जनआन्दोलनमा सक्रिय भुमिका खेलेका थिए ।

दुई श्रीमति र एक छोरा, एक छोरीका बावु विकको निधनले उनको जन्म थलो समेत शोकमा डुवेको छ । दलित भनेर हेपिएका बेला डम्वर बाले दलितलाई हेप्न नपाईने अधिकारमा सधै अडिग रहने गरेको स्थानीयहरु बताउछन् ।

उनको निधनमा शोक समवेदना व्यक्त गर्न नेपाल महिला संघ स्याङ्जाकी अध्यक्ष कल्पना तिवारी, नेपाली काँग्रेसका पुर्व जिल्ला सदस्य खगेन्द्र विक, नेपाली काँग्रेसका नेता नेत्र पाण्डे, नेपाल प्रेस युनियनका अधयक्ष श्रीकृष्ण सिग्देल, महिला नेतृ शान्ता थापा, विद्याथी नेता विश्वास लम्साल, संन्दिप कडेल, युधिष्ठिर गैह्रे लगायतको टोली पुगेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ