arrow

सफल बन्दै स्याङ्जा महोत्सव

रमाउदै महोत्सवमा स्याङ्जावासी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ फागुन ६ आइतबार
mahotsab.jpg

स्याङ्जा। पाँचौ स्याङ्जा महोत्सव सकिन अव दुई दिन मात्रै बाँकी छ । महोत्सव जारी भएको १० औं दिन सम्म आयोजकले सोचे भन्दा बढी कारोवार र दर्शकले अवलोकन गरेका कारण पाँचौ स्याङ्जा महोत्सव सफलता तर्फ पुगेको आयोजकको दावी छ।

८ करोडको कारोवार र ३ लाख दर्शकले मेला अवलोकन गर्ने लक्ष्य आयोजकले लिएको थियो। महोत्सवको १० औं दिन सम्म आईपुग्दा ७ करोडको आर्थिक कारोवार र २ लाख भन्दा बढी दर्शकले मेला अवलोकन गरेको महोत्सव मुल आयोजक समितिका संयोजक विक्रान्त श्रेष्ठले बताए । महोत्सव सम्पन्न हुन अव दुईदिन मात्रै छ संयोजक श्रेष्ठले भने,“तयारी गर्ने समय नै छोटो थियो तर पनि हामी सफल भयौं ।” तयारी पुरा नहुदै महोत्सव आयोजना गर्दा केही शंका लागेको थियो तर अहिले हामी पूर्ण सन्तुष्ट छौ श्रेष्ठले भने।

माघ २६ गतेबाट स्याङ्जाको श्रवणकुमार खेलमैदान (मालेवगर)मा शुरु भएको प्रदेश स्तरीय पाँचौ स्याङ्जा महोत्सवमा स्थानीय संस्कृति, उत्पादन, खेलकुद, शिक्षा लगायतका प्रर्दशनीले महोत्सवको रौनकता बढाएको छ। “स्याङ्जा महोत्सवको आधार, कृषि, पर्यटन र आर्थिक समृद्धिको पूर्वाधार” भन्ने मुल नाराका साथ संचालन भएको महोत्सव फागुन ८ गते सम्म संचालन हुने छ।

महोत्सवमा सुन्तला, कफी र अदुवा, जिल्लाका धार्मिक पर्यटकीय क्षेत्रको फोटो प्रदशनी, लोपोन्मुख हुन लागेका पुराना घरेलु सामाग्री लगायतका नगदेवाली, फोटो प्रदर्शनी, हेलिकप्टर उडान, हस्तकला प्रदर्शनी, बालउद्यान, सास्कृतिक कार्यक्रमहरु लगायतमा दर्शकहरुको भिड लागेको छ। महोत्सवले स्याङ्जाको आर्थिक समृद्धिमा टेवा पुग्ने अपेक्षा आयोजकको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ