arrow

झापाली समाज यूकेको तिम्सिनाको नेतृत्वमा १७ सदस्यीय समिति गठन

logo
प्रकाशित २०७४ फागुन ६ आइतबार
jhapali-samaj-uk.jpg

लन्डन। झापाली समाज यूकेको चौथो अधिवेसन लन्डनको प्लमस्टिडमा सम्पन्न भएको छ। अधिवेशनले अर्कराज तिम्सिनाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा अर्जुन बस्नेत र दिपेन सिटौला, महासचिवमा प्रकाश खनाल, सहसचिवमा विवेक मेचे, कोषाध्यक्षमा महेश गिरी र सहकोषाध्यक्षमा मधुर मिश्र चयन भएका छन्।

कार्यसमिति सदस्यहरुमा अल्का गुरुङ, विष्णुकुमारी लिम्बू, दिनेश पौड्याल, गणेश बास्तोला, हस्त लिम्बू, इन्द्रहाङ लिम्बू, ओमप्रकाश सेढाई, युवराज सेढाई, सुर्य गुरुङ र नन्दकिशोर न्यौपाने चुनिएका छन्।

समाजको सल्लाहकारमा भने धन गुरुङ, सहदेव गिरी, मिलनचन्द्र गुरुङ, खगेन्द्र पाठक र विज्ञान प्रसाइलाई मनोनित गरिएको छ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पशुपतिनाथ मन्दिर लन्डनका अध्यक्ष सहदेव गिरीले शपथ ग्रहण गराएका थिए।

अन्तराष्ट्रीय झापाली समाजका उपाध्यक्ष समेत रहेका एनआरएन यूके उपाध्यक्ष ललित न्यौपानेले कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका थिए भने समाजका सन्स्थापक अध्यक्ष धन गुरुङले खादा ओढाएका थिए।

समाजका नवनिर्वाचित अध्यक्ष तिम्सिनाले अन्तरास्ट्रिय झापाली समाजका उपाध्यक्ष न्यौपाने तथा सलाहकार धन गुरुङलाई खादा ओढाएर सम्मान गरेका थिए।

विश्वभर आफ्नो संजाललाई ब्यापक बनाई रहेका झापालीहरुले केहि हप्ता अगाडीमात्र बेल्जियममा समाजको हालसम्मको कान्छो शाखाका रुपमा झापाली समाज बेल्जियम स्थापना गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ