arrow

ललितपुर महानगरको ठहर : भाटभटेनीद्वारा झण्डै १ करोड कर छलि

शाहरुख खानलार्इ स्वागत गर्न पनि गैरकानूनी बाटो

logo
प्रकाशित २०७४ फागुन ७ सोमबार
BhatBhateni-Super-Market.jpg

काठमाडौं । देशका विभिन्न स्थलहरुमा सुपरमार्केट खोल्दै हिँड्ने भाटभटेनी सुपर स्टोरले राज्यलार्इ तिर्नुपर्ने कर भने नतिर्ने गरेको भेटिएको छ । लामो समयदेखि  ललितपुर व्यवसाय गर्दै आएको भाटभटेनीले ललितपुर महानगरपालिकालार्इ तिर्नु पर्ने झण्डै १ करोड रुपैयाँ कर नतिरेको भेटिएको हो । महानगरपालिका आइतबार भाटभटेनीमा गरेको अनुगमनका क्रममा यस्तो भेटिएको  ललितपुर महानगरपालिकाले जनाएको छ । महानगरको आर्थिक समितिको टोलीले पाटनढोका स्थित सुपरमार्केटका विभिन्न पसलमा गरेको अनुगमनको क्रममा कर छलि गरेको ठहर गर्दै तत्काल कर नतिरे कारबाही गर्ने चेतावनी दिएको छ । 

महानगरपालिकाको आर्थिक समिति संयोजक रविन्द्र महर्जन सहित राजश्व महाशाखाका कर्मचारीको टोलीले भाटभटेनी भित्र रहेका २१ अन्य पसल सहित सुपरस्टोरमा समेत अनुगमन गर्दा २१ वटा भाडामा बसेका पसलहरु व्यवसायमा दर्ता नै नभई सञ्चालनमा आएको भेटेको थियो ।

अनुगमनका क्रममा भाटभटेनीले समेत महानगरपालिकालाई तिर्नुपर्ने झण्डै एक करोड रुपैयाँ नतिरेको भेटिएको छ । घरजग्गा कर, बहाल कर र व्यवसाय कर समेत जोड्दा झण्डै १ करोड रुपैयाँ भाटभटेनीले तिर्न बाँकी रहेको महानगरपालिकाको राजश्व विभागले जनाएको छ । आर्थिक समिति प्रमुख महर्जनका अनुसार भाटभटेनीले यस अघि एक पटक कर तिर्नको लागि विवरण बुझाएको भएपनि अहिलेसम्म पनि कर तिरेका छैनन् ।

त्यस्तै, भाटभटेनीले ५ वर्षसम्म भाडामा लगाएका पसलहरुबाट उठाएको बहालको पनि कर नतिरेको भेटिएको छ । ती व्यवसायीहरु दर्ता पनि नभएकोले अहिलेसम्म गुपचुपमै कर छलि गरिरहेको भेटिएको अनुगमन टोलीका संयोजक महर्जनले जानकारी दिए । त्यस्तै, शाहरुख खान नेपाल आउन लागेको विज्ञापन गर्न बसेका ५ वटा स्टलहरु पनि ललितपुर महानगरपालिकासँग अनुमति नै नलिई भाटभटेनीले सञ्चालन गर्न दिएको भेटिएको छ । ५ वटा स्टलले भाटभटेनीलाई भाडा तिरेर बसेको भएपनि महानगरपालिकासँग स्वीकृति नलिएकोले उनीहरुलाई पनि सचेत गराईएको महर्जनले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ