arrow

एकै खेलमा ९ रातो कार्ड, फुटबल मैदानमै रेस्लिङ

logo
प्रकाशित २०७४ फागुन ७ सोमबार
brazil-football.jpg

काठमाडौं। ब्राजिलियन फुटबलमा आइतबार रातिको खेलमा दुःखद क्षण बनेको छ। ब्राजिलियन डर्बीको भिक्टोरिया र बहियाबीचको खेलमा सामुहिक मुक्का हानाहान भएपछि र पछार्ने काम भएपछि रेफ्रीले ९ खेलाडीलाई रातो कार्ड देखाउनु परेको थियो। खेल १–१ को बराबरीमा चलिरहेको थियो । भिक्टोरियाका ५ खेलाडीले रातो कार्ड खाएपछि खेल रोकिने निश्चित थियो। किनकि फुटबलको अन्तर्राष्ट्रिय नियम अनुसार खेल निरन्तरता दिन एक टिममा कम्तीमा ७ खेलाडी हुनैपर्छ। 

खेल सकिन ११ मिनेट बाँकी छँदा भएको त्यो घटनामा भिक्टोरियाको मैदानमा भिक्टोरियाका ६ खेलाडीले रातो कार्ड खाए । बहियाका ३ खेलाडीले पाए । अनि खेल स्थगित भयो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ