arrow

आतंकको पर्याय, हत्या र फिरौतीका नाइके मनोज पुन गोवाबाट समातिए

सइको कमाण्डको टोलीले समात्यो पुनलाई

logo
व्यूरो,
प्रकाशित २०७४ फागुन ७ सोमबार
manoj-pun-don-arrest.jpg

काठमाडौं। हत्या, जवर्जस्ती असुली, धम्की दिने काममा संलग्न रहेर आतंक मच्चाउँदै आएको मनोज पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले नियन्त्रणमा लिएको छ। भारतको तटीय राज्य गोवाबाट पुनलाई सिआइबीले नियन्त्रणमा लिएको हो। 

फागुन ६ गते गोवाबाट प्रहरीले नियन्त्रणमा परेका पुनलाई नेपाल ल्याउँदै गरेको छ। सिआइबीले यस बारेमा औपचारिक रुपमा जानकारी नदिएपनि मनोज पुनका निकट रहेको बताउनेहरुले बुटवलमा संवाददाताहरुलाई फोन गरि पुन पक्राउ परेको जानकारी दिएका हुन्। नम्वर नदेखिने फोनबाट पुनका सहयोगी बताउनेहरुले फोन गरि पुनलाई सादा पोसाकका प्रहरीले ६ गते आइतवार गोवाबाट नियन्त्रणमा लिएको जानकारी दिएका हुन्। 

नेपाल प्रहरीको टाउको दुखाइ भएको पुनलाई कुनै पनि हालतमा नियन्त्रणमा लिन प्रहरीले एक विशेष टोली नै खटाएको थियो। प्रहरीका एक सईको कमाण्डमा विशेष टोली पुनलाई नियन्त्रणमा लिन उसलाई भेटिने सम्भावित ठाउँहरुको पहिचान गर्दै करिव ३ महिनादेखि भारतमा रहेको थियो।

बुटवलमा यूवा संघका नेताहरुको हत्यामा संलग्न रहेको पुन समुहले काठमाडौं समिरमानसिंह बस्नेत समुहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको समेत हत्या गरेको जिम्मा लिएको थियो। 

एक पछि अर्को गर्दै व्यक्ति हत्यामा संलग्न रहेपछि नेपाल प्रहरीको लागि पुन समुह टाउको दुखाइ हुँदै आएको थियो। राजनीतिक रुपमा पनि प्रहरीलाई दवाव आउन थालेको थियो।

आपराधिक काममा संलग्न रहि फरौती धन्दामा संलग्न पुनलाई कुनै पनि हालतमा नियन्त्रणमा लिन प्रहरीलाई एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री हुनु अगाडी पनि भन्दै आएका थिए।

तत्कालिन गृहमन्त्री तथा प्रधानमन्त्री शेर बहादुर देउवाले पनि फिरौती र हत्यामा संलग्न पुनको समुहलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका थिए।

पुनले पछिल्ला दिनमा यूवा संघ र एमालेका नेता कार्यकर्ताहरुलाई धम्क्याउन थालेपछि यो बिषय प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पनि पुगेको थियो। एमालेका स्थानिय नेता सिद्धिचरण भट्टराई लगायतलाई पुनको समुहले धम्कयाउँदै आएको छ। 

पुनकै समुहले करिव दुई महिना अगाडी काठ व्यवसायी तथा यूवा संघका नेता वसन्त पौडेल बल्लुलाई हत्या गरेको थियो भने यूवा संघकै दुर्गा तिवारीलाई ४ बर्ष अघी हत्या गरेको थियो।

यूवा संघ रुपन्देहीका तत्कालिन कोषाध्यक्ष समेत रहेका पुन आपसी लेनदेनको कुरामा मनमुटाव भएपछि आफ्नो समुह बनाएर धम्की फिरौती र हत्यामा संलग्न रहँदै आएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ