arrow

काँग्रेसबाट निर्वाचित दुई वडा अध्यक्षको सवारी दुर्घटनामा निधन, चितवन शोकमा 

logo
प्रकाशित २०७४ फागुन ७ सोमबार
death-nc-ward-adakshya-chitwan.jpg

चितवन। चितवन जिल्लाको खैरहनि नगरपालिका वडा नं ४ र ५ का जननिर्वाचित दुई जना वडा अध्यक्षको सवारी दुर्घटनामा निधन भएको छ। 

वडा नम्वर ४का अध्यक्ष नरेन्द्र अधिकारी र ५ काअध्यक्ष बिश्वबिजय बस्नेत सवार भएको सवारी साधन आइतवार दुर्घटनामा परेको थियो। 

उपचारका क्रममा दुबै वडा अध्यक्षको सोमबार निधन भएको चितवन काँग्रेसका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिएका छन्। 

नेपाली काँग्रेसका होनहार यूवा तथा लोकप्रिय जनप्रिय नेताको निधनले चितवन खैरहनीमा शोकको अवस्था रहेको छ। 

काँग्रेस सभापति श्रेष्ठले शोक व्यक्त गर्दै दुबैप्रति श्रद्धाञ्जली प्रकट गरेका छन्। नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु अहिले दुवै वडा अध्यक्षलाई श्रद्धाञ्जली दिन पार्टी कार्यालय र उनीहरुका घरमा जम्मा भएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ