arrow

उखु खेतीबाट बार्षिक दुई लाख आम्दानी, व्यापार घटेसँगै उत्पादनमा कमी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ फागुन ७ सोमबार
ukhu.JPG

 स्याङ्जा । २० बर्षदेखि उखु खेती गर्दै आएकी मिना थापा यतीबेला निरास छन् । विगतका बर्षहरुको तुलनामा उखुको व्यपार घटेपछि उखु खेती लगाउने वा नलगाउनेमा सोचीरहेकी छन् । पुर्खाहरुले लगाउदै आएको उखु खेतीलाई निमिट्यान्न पनि पार्न थापाको चाहाना छैन ।

 महाशिवरात्री मेलामा उखु बेच्न आएकी वालिङ १० अमेलेकी थापाको कथा हो यो । हरेक बर्ष शिवरात्री मेलामा थापाले उखु विक्रि गर्दै आएकी छन् । करिव ५ रोपनीमा उखु खेती गर्दै आएकी थापाले पछिल्लो समय उखुको व्यपार घटेपछि एक रोपनीमा मात्रै लगाएकी छन् । हरेक बर्ष ३ लाख देखि ४ लाख सम्म आम्दानी हुने गरेपनि उत्पादन घटे सँगै व्यपार नहुदा हिजो आज भने दुई लाख सम्म आम्दानी गरेको थापा बताउछिन् । मेला महोत्सव सँगै घरबाट पनि खुदो र जुस बनाएर विक्रि समेत गर्दै आएकी छन् । अहिले उनले पहिला जस्तो आम्दानी नहुने गरेको गुनासो थापाको छ ।

उनी सँगै मेलामा व्यपार गरेका झपटबहादुर क्षेत्रीको पनि गुनासो उही छ । उनले दुई रोपनीमा अहिले उखु खेती गरेका छन् । पहिलाको जस्तो व्यपार नभएको उनको पनि गुनासो छ । उनले पनि ३ लाख देखि साढे तिन लाख सम्म बार्षिक आम्दानी हुने गरेको बताए । उखुको महत्व हराउदै जान थाल्यो क्षेत्रीले भने,“उखुको जुसले धातु, जण्डीस र खरोका विरामी ठिक हुन्छन् ।”

 उखुमा सबै भन्दा राम्रो कालो जातको उखु भएको क्षेत्रीले बताए । वालिङ नगरपालिकाका विभिन्न ठाँउमा उखु खेती हुने गरेको थियो । क्षेत्री मात्रै होइन अन्य उखु किसानी पनि खुशी छैनन् । तर पछिल्लो समय घर घडेरीमा जग्गा जमिन विक्रि हुने र उखुको बजार भाउ नहुदा उखु खेतीमा किसानहरुको उत्साह कम थालेको जिल्ला कृषि विकास कार्यालय स्याङ्जाले जनाएको छ ।
 
विभिन्न धार्मिक परम्परामा प्रसादका रुपमा समेत चोखो मानिदै आएको उखु पछि हराउदै जानेको होकी भन्नेमा समेत किसान चिन्तित देखिन्छन् । अहिले उखुको खुदो ५ सय रुपैया मानोमा विक्रि हुदै आएको छ भने उखुका लाकुरा १० रुपैया देखि २ सय सम्म विक्रि हुने गरेको किसानहरु बताउछन् ।

 वालिङको अमलेमा मात्रै हुने गरेको कालो उखु बचाउन सम्वन्धित निकायले बजारको व्यवस्था गरिदिनु पर्ने देखिन्छ । अमले ठाँउलाई उखुको हव बनाउन पनि सकिने भएकाले उखुको महत्व र उखुको विशेषताको प्रचार प्रसार गरेर उखु किसानलाई चित्त बुझाउनु पर्ने आवश्यकता देखिन्छ । उखु खेतीमा मेहन धेरै नभएपनि बजार भाउका कारण किसान जहिले पनि चिन्तित हुदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ