arrow

सिद्धबाबा सडक सधै जोखिमको यात्रा

सडक विभागबाट ‘रक सेड’ प्रविधि प्रस्ताव

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ फागुन ७ सोमबार
palpa-butwal_marga.jpg

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत  पाल्पा—बुटवल सडक खण्डमा पर्ने सिद्धाबाबामा सधै जोखिम पूर्ण यात्र गर्नु पर्ने बाध्यता रहेको छ । माथिबाट झरेको पहिरोका कारण ज्यान गुमाउनेको सङख्या एक वर्षको अवधिमा ११ जना व्यक्तिले जोखीमको कारण सदाका लागि ज्यान गुमाउनु परेको छ ।

५ नम्वर प्रदेश भित्र पर्ने तराई देखी पहाडलाई जोड्ने एक मात्र यस सडक खण्डमा यात्रा गर्ने यात्रुहरु मध्य हाल सम्म हजारौ व्यक्तिले सयौ आफन्तलाई गुमाउनु परेको छ । भारत सरकारको सहयोगमा झण्डै ४९ वर्ष अगाडी निर्माण कार्य पुरा भएको सुनौली ,पोखरा सडक खण्ड मध्य पाल्पा जिल्ला भित्र पर्ने बुटवलको चिडीया खोला देखी दोभान सम्म सात किलोमिटर अत्यन्त जोखीम युक्त सडक भित्र पर्दछ ।

 अत्यन्तै जोखिम हुँदै यात्रा गर्नु ‘मृत्युका लागि तयार’ हुनुजस्तै हो । किनभने यो पहिरोबाट कतिखेर ठूला चट्टान खस्छ भन्ने ठेगान हुँदैन । जसले ज्यानको माया मारेर यात्रा नगरी सुखै छैन । वर्षामा मात्रै हैन, अन्य समयमा पनि यो सिद्धबाबाको पहिरो कटेपछि यात्रु र चालकले भगवानलाई ‘बचाएकोमा धन्यवाद’ दिन्छन् । तर, अब सरकारी योजनाअनुसार काम भए यस्तो त्रासको अन्त्य हुन धेरै वर्ष लाग्ने छैन । सरकारले अब सिद्धबाबामा ‘रक सेड’ प्रविधिमार्फत सवारी र यात्रुलाई सुरक्षित गर्ने योजना अघि सारेको छ ।

 यसका लागि जापान सरकारले सघाउने सडक विभागका वैदेशिक सहायता महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए । सिद्धबाबाको ‘ज्यानमारा’ ढुंगे पहिरोले कतिखेर झरेर टाउकोमा बजारिने हो भन्ने पत्तो छैन । ६ वर्षको अवधिमा यो पहिरोमा परेर यत्रा गरिरहेका झण्डै ३ दर्जनभन्दा बढीले ज्यान गुमाएको तथ्यांक प्रहरीसँग छ । सरकारले यो पहिरो रोक्न विभिन्न प्रविधिकको प्रयोग नगरेको होइन । यस्तै दुःख दिने पृथ्वी राजमार्गको कृष्णभीरको पहिरो रोक्न सफल भएको सरकारको प्रविधि सिद्धबाबाको चट्टानमा भने कहिल्यै ‘सिद्ध’ हुन सकेन ।

त्यसैले अब यो स्थानमा ‘रक सेड’ प्रविधि निर्माणको प्रस्ताव गरिएको छ । यस्तो सेड निर्माणका लागि करिब २ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । यसमा जापान सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।  योजनाअनुसार सिद्धबाबाका करिब ३ सय मिटर पहिरो प्रभावित क्षत्रेमा यस्तो सेड निर्माण गरिनेछ ।   केही समयअघि जापान गएको विभागको उच्च पदस्थ अधिकारीको टोलीले जापानमा चट्टाने पहिरोबाट निर्माण गरिएका सडकहरुको निरीक्षण गरेको थियो ।

जापानको ‘मोदीओका’ क्षेत्रका सडकमा बनेका रक सेड हेरेपछि सिद्धबाबामा पनि यस्तै बनाउन सकिने निष्कर्ष विभागको प्राविधिक टोलीले निकालेको थियो । त्यसकै आधारमा विभागले जाइकाको दक्षिण एसिया हेर्ने कार्यालयलाई त्यसमा सघाउन औपचारिक रुपमै आग्रह गरेको थियो । जसमा सहमति जनाउँदै जाइकाले लिखित प्रस्ताव गर्न आग्रह गरेको छ । दाताको सकारात्मक जवाफपछि विभाग सिद्धबाबामा रक सेड नै बनाउने योजनाअनुसार अघि बढेको हो । विभागका इन्जिनियरहरु  ‘रक सेड’ निर्माण गर्न आफूहरु ढिलाइ गर्ने पक्षमा नरहेको बताउँदैं आएका छन् ।

 यो सडक खण्ड  हुँदै पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी लगायतका जिल्लाका सवारीहरु  गुड्छन् । सरकारले यो पहिरोको समस्या हटाउन विभिन्न प्रयत्न पनि गरेको हो । पहिरोमा ग्रिनरी विकास गर्ने, ढुँगाको पर्खाल लगाउने, रक नेट राख्ने लगायतका प्रयास भएका पनि हुन् । तर काम प्रभावकारी नहुँदा  पहिरो झर्न  रोकिएको छैन । सिद्धबाबाको पहिरोले त्रास नहटेपछि यो राजनीतिक दलको चुनावी एजेण्डा पनि बनेको थियो ।

 त्यसकै आधारमा धेरै उम्मेदवारले यो पहिरो छल्ने गरी सुरुङमार्ग निर्माण गर्ने आश्वासन पनि देखाएका थिए । तर, सुरुङमार्ग निर्माण निकै महंगो हुने देखिएपछि विभागले विभिन्न विकल्पहरुबारे अध्ययन गरेको थियो । अब रक सेड नै उपयुक्त प्रविधि ठहर गरिएको छ । अब ढिलो नगरी सरकारी तवरबाट काम भएमा बुटवल तानसेन सडक खण्ड सुरक्षित हुनुको साथै पाल्पाको पर्यटन विकासमा सहयोग पुग्ने देखिन्छ  । यो सडक उत्तर दक्षिण जोड्ने सडक मात्र होईन काठमाडौं जोड्ने वैकल्पीक सडकका रुपमा समेत प्रयोग भएकाले यसलाई सरकारले प्राथामिकताका साथ कार्यान्वयन तहमा लैजानु पर्ने जिल्लावासीको माग रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ