arrow

एमालेको गुटगत राजनीतिको प्रभावः मुगुका एमाले सांसद शाहीले दिए राजिनामा

यामलाल कँडेलको गुटगत राजनीतिबाट आजित थिए शाही

logo
प्रकाशित २०७४ फागुन ७ सोमबार
cpnuml.jpeg

सुर्खेत। मन्त्री बनाउन एमाले संसदीय दलका नेताले चरम गुटवन्दी गरेको भन्दै सांसद चन्द्रबहादुर शाहीले आफ्नो पदबाट राजिनामा दिएका छन् । 

मुगु प्रदेश ख बाट प्रत्यक्ष निर्वाचित हुनुभएका सांसद शाहीले प्रदेश नं ६ को मन्त्रिमण्डल विस्तारप्रति असन्तुष्टि जनाउँदै आइतबार राजिनामा दिएका हुन्। 

एमाले प्रदेश नं ६ का संसदीय दलका नेता यामलाल कँडेलले पार्टीका तर्फबाट प्रदेश सरकारमा सहभागी हुने मन्त्री पठाउँदा आफूलाई अन्याय गरेकाले राजिनामा दिएको सांसद शाहीले बताए।

आइतबार विस्तार भएको मन्त्रिमण्डलमा आफू निकट तथा पार्टीमा योगदान नगरेकालाई मन्त्री बनाएर चरम गुटगत राजनीति गरेकाले त्यसविरुद्ध आफ्नो राजिनामा आएको सांसद शाहीको भनाइ छ । 

संसदबाट मात्र नभएर पार्टीबाट पनि राजीनामा दिने सांसद शाहीले बताए । प्रदेश नं ६ को प्रदेश सांसद भएकाले सांसदको राजिनामा प्रदेशमा नै दिएको हुँ, एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्यसमेत भएकाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै राजिनामा बुझाउन काठमाडौँ पुगेको छु” सांसद शाहीले भने। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ