arrow

राससको बार्षिकोत्सवको अवसरमा को को भए पुरस्कृत?

प्राध्यापकद्वय पी खरेल र रामकृष्ण रेग्मी सम्मानित

logo
प्रकाशित २०७४ फागुन ७ सोमबार
rss-prize-winner.jpg

काठमाडौँ। राष्ट्रिय समाचार समिति राससले ५७औँ वार्षिकोत्सवको अवसरमा प्राध्यापकद्वय पी खरेल र रामकृष्ण रेग्मीलाई सम्मान गरेको छ । 

वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा राससका पूर्व अध्यक्ष प्रा खरेल र राससका पूर्व प्रमुख समाचारदाता प्रा रेग्मीलाई सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सम्मान गरे। 

यसैगरी उत्कृष्ट स्थानीय समाचारदाता पुरस्कार स्ट्रिन्जरतर्फ प्रदेश नं १ बाट केदार मगर खोटाङ, प्रदेश नं २ बाट गोपाल बराल बर्दिवास–महोत्तरी, प्रदेश नं ३ बाट रामहरि न्यौपाने नुवाकोट, प्रदेश नं ४ बाट सन्देश पौडेल लमजुङ, प्रदेश नं ५ बाट उमा केसी लिवाङ, रोल्पा, प्रदेश नं ६ बाट नरबहादुर रिजाल दैलेख, प्रदेश नं ७ बाट राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर र उपत्यकाबाट कल्पना पौडेल काठमाडौँलाई प्रदान गरिएको छ । 

त्यसैगरी, उत्कृष्ट आलेख समाचारतर्फ काठमाडौँ उपत्यकाबाट कुमारप्रसाद चौलागाई रासस केन्द्रीय कार्यालय, शीर्षक ‘आंगिक क्याम्पसमा आन्तरिक लेखा परीक्षणमै अनियमितता’, अजयकुमार साह स्थानीय समाचारदाता, स्ट्रिन्जर, धनुषा, शीर्षक ‘निधिको विरासतमाथि महतोको चुनौती तथा उत्कृष्ट आलेखतर्फ अन्तर्राष्ट्रिय समाचार शाखाका वरिष्ठ सम्पादक मोहिनी मिश्र रिसाल शीर्षक अब ‘तीन तलाक’ ले रुने छैनन् मुस्लिम महिला लाई प्रदान गरिएको छ ।    

यस्तै, उत्कृष्ट फोटोतर्फको पुरस्कार रोशन सापकोटा काठमाडौँ उपत्यका, सीताराम अधिकारी स्थानीय समाचारदाता, धादिङ र उत्कृष्ट अडियो रिपोर्टतर्फ विनोदसिंह विष्ट स्थानीय समाचारदाता बैतडीलाई प्रदान गरिएको छ । 

राससका पूर्व निमित्त महाप्रबन्धक एवं वरिष्ठ पत्रकार गोकुल पोखरेललाई विशेष सम्मान गरिएको छ । 

त्यसैगरी, नेपाल पत्रकार महासंघ रासस शाखाद्वारा स्थापित ‘रासस पत्रकारिता पुरस्कार’ राससका कार्यकारी सम्पादक शीतलप्रसाद महतो र सहसम्पादक मदन गौतमलाई जनही रु १० हजार नगदसहित सम्मान गरिएको छ । 

यस वर्षको ‘उमाकान्त–गीतादेवी–चन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार’बाट राससका बाजुरा जिल्ला समाचारदाता प्रेम रौलेलाई नगद रु पाँच हजारसहित सम्मान गरियो । सो पुरस्कार रासस राप्ती अञ्चल समाचारदाता नारायणी रजौरेले आफ्ना मातापिता र भाइका स्मृतिमा स्थापना गरेकी हुन। उक्त पुरस्कार सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रदान गरे। 

यस्तै, रासस कर्मचारी संघका तर्फबाट प्रदान गरिने ‘वासु रिमाल यात्री पुरस्कार’ राससका उपव्यवस्थापक प्रेम बस्नेत र रासस कार्यालय विराटनगर प्रदेश नं १ का कार्यालय सहयोगी कृष्णप्रसाद वाग्लेलाई जनही रु पाँच हजारसहित प्रदान गरियो । 

यसैगरी, राससको भौतिक सम्पत्ति संरक्षण सम्वद्र्धन र विस्तारमा अहम भूमिका निर्वाह गरेबापत रासस तुलसीपुर कार्यालय, प्रदेश नं ५ का नारायणी रजौरे र रासस भीमदत्तनगर कार्यालय, प्रदेश नं ७ का शेरबहादुर सिंहलाई सम्मान गरिएको छ । 

Image may contain: 7 people, including Roshan Sapkota

राससका कर्मचारीका लागि स्वास्थ्य शिविर र स्वास्थ्य बीमा कार्यक्रम ल्याउन भूमिका निर्वाह गरेबापत अन्तर्राष्ट्रिय शाखाका जीवन भण्डारीलाई कदरपत्रसहित सम्मान गरिएको छ । ती सबै पुरस्कार राससका अध्यक्ष कुलचन्द्र वाग्लेले प्रदान गरेका थिए । 

यस्तै, नेपाल राष्ट्रिय कर्मचारी संगठन रासस शाखाद्वारा स्थापित ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’बाट राससका सहव्यवस्थापक जगतकृष्ण श्रेष्ठ र वरिष्ठ कार्यालय सहायक रजनी बज्राचार्यलाई नगद रु पाँच हजार ५ सय सहित सम्मान गरियो । 

यसैगरी, राससको भौतिक सम्पत्तिको संरक्षण र सम्वद्र्धनमा विशेष भूमिका निर्वाह गर्ने मोहम्मद सदरुल प्रमुख, रासस भद्रपुर कार्यालय, चन्द्रगढी, प्रदेश नं १, वीरेन्द्रनारायण कर्ण प्रमुख, रासस वीरगञ्ज कार्यालय, प्रदेश नं २ र आशाराम चौधरी स्थानीय समाचारदाता, रासस लहान सिरहा लाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि जनही पाँच हजार रहेको छ। 

त्यसैगरी समितिमा २० वर्ष अविच्छिन्न रुपमा स्थायी सेवा पूरा गर्ने कर्मचारीलाई वार्षिकोत्सवका उपलक्ष्यमा दीर्घसेवा पदकसहित पुरस्कृत गरिएको छ । दीर्घसेवा प्राप्त गर्नेमा दीपराज सन्याल प्रमुख अंग्रेजी समाचार शाखा, रासस केन्द्रीय कार्यालय, मनोज कार्की कार्यकारी सम्पादक अंग्रेजी सम्पादन शाखा, रासस केन्द्रीय कार्यालय र मनोज दाहाल उप समाचारदाता, रासस विराटनगर कार्यालय– प्रदेश नं १ छन्। 

त्यसैगरी चन्द्रलाल श्रेष्ठ सवारी चालक, पाँचौँ, रासस केन्द्रीय कार्यालय र दानबहादुर साउद कार्यालय सहयोगी, रासस धनगढी कार्यालय–प्रदेश नं ७ लाई प्रदान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ