arrow

वालुवाटारमै पुगेपछि भयो एमाले माओवादी एकिकरणको आधारपत्रमा हस्ताक्षर

एमाले र माओवादीको एकिकरण पछिको नाम विप्लवको पार्टीको नामसँग जुध्ने

logo
प्रकाशित २०७४ फागुन ७ सोमबार
kp-prachanda-sign-party-unification.jpg

काठमाडौं। नेकपा एमाले र माओवादीबीच सरकारमा गएसँगै एकिकरणको प्रक्रियाले औपचारिक रुपमा मुर्तरुप लिएको छ।

पार्टी निकटका विभिन्न व्यवसायीहरुकहाँ अलगअलग वैठकहरु भएपनि वालुवाटारमा सोमबार बसेको वैठकले एकिकरणको प्रारम्भिक आधार सार्वजनिक गर्न सकेको हो। 

पार्टी एकिकरणको प्रारम्भिक ७ बुँदे आधारमा दुवै पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड सहितका पार्टी एकता संयोजन समितिका सदस्यहरुले हस्ताक्षर गरेका छन्। 

सात बुँदे आधारमा नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिने उल्लेख छ । विप्लव नेतृत्वको पार्टीको नामसँग जुधाएर राखिएको यो नाम निर्वाचन आयोगमा भने दर्ता नभएका कारण पनि यि दुई पार्टीको रोजाइमा परेको छ। तर विप्लव नेतृत्वको पार्टीसँग भने नामको बिषयमा झगडा हुन सक्ने देखिएको छ। 

यो सहमतिसँगै प्रजातन्त्र पुनर्स्थापनासँगै दुई कम्युनिष्ट पार्टी मिलेर बनेको नेकपा एमाले २७ वर्षपछि र शसस्त्र द्धन्दमा होमिएको नेकपा माओवादी २२ वर्षपछि औपचारिक रुपमा  आफ्नो अस्तित्व  मेटाउँदै हुँदै नयाँ मार्गतिर जान सहमत भएका छन्। 

नयाँ पार्टीको निर्देशक सिद्धान्त मार्क्सवाद लेलिनवाद रहने आधारपत्रमा उल्लेख छ। एमालेको जवज र माओवादीको माओवाद तथा एक्काइसौ शताव्दीमा जनवादमा विधिसम्मत छलफल गरि आवश्यक परिमार्जन र विकास गरिने सहमतिपत्रमा उल्लेख छ। 

अन्तरिम राजनीतिक प्रतिवेदन र विधान तयार पारि सोहि अनुरुप पार्टी सञ्चालन गरिने पनि जनाइएको छ।

सहमति सार्वजनिक भएपनि पार्टी एकिकरणको आधारपत्रमा शक्ति वाँडफाँडको बारेमा उल्लेख गरिएको छैन। पार्टी नेतृत्व र सरकार सञ्चालनको विषयमा लामो माथापच्चि भएपनि यो बिषयलाई भने सार्वजनिक नगरि नेतृत्वले गुपचुप नै राखेको छ। 

स्रोतका अनुसार आलोपालो गर्नेगरि ओली र  प्रचण्डले सरकार र पार्टीको नेतृत्व सम्हाल्ने छन्। 

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ