arrow

‘शैलहार’ आयो बजार

logo
प्रकाशित २०७४ फागुन ८ मंगलबार
shailahar.jpg

काठमाडौँ । रेशम अधिकारी, कृष्ण भुषाल प्यासी र नारायण काइंलोको संयुक्त सम्पादनमा १२५ जना सर्जकका १२५ ओटा नै छन्दवद्ध  गजल समावेस गरी  गजल संग्रह ‘शैलहार’ पाठकमाझ आएको छ। 

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विमोचन समारोहमा  प्रमुख अतिथि वरिष्ठ नियात्राकार तथा हिमाल विद प्रतीक ढकाल लगायतले कृति विमोचन गरेका थिए।

गौरी पव्लिक रिलेसन एण्ड पब्लिकेशनका सञ्चालक दामोदर ढकाल सभापति रहेको सो कार्यक्रमको सञ्चालन प्रदिप पाण्डे रोदनले र कृति समिक्षा प्रतीक ढकालले गरेका थिए भने अन्य अतिथिको रुपमा रमेश पौडेल, मञ्जुश्री प्रधान, राम बहादुर पहाडी, जित कार्की, सुनिल अधिकारी, शान्ति शर्मा र महादेव अधिकारी थिए । 

‘शैलहार’को समिक्षा गर्दै कृति समिक्षक ढकालले  ‘यो संग्रहले नेपाली परम्परागत छन्दका नाममा जसरी नौलो क्रान्ति नै भित्र्याएको छ त्यसरीनै गजलको संरचनागत र सौन्दर्य चेतनामा पनि उत्तिकै दरिलो हस्तक्षप गरेको देखिन्छ’ भनेका थिए। 

यसै गरी समारोहमा सम्मानित समेत भएका व्यक्तित्व वरिष्ठ गजलकार, छन्द निर्माता र अन्वेषक पोष्टराज चापागाईंले ‘शैलहार’ को भुमिका लेख्दै भनेका छन् ‘शैलहार एउटा गजल संग्रहमात्र नभएर यो हाम्रा नेपाली मौलिक छन्दहरुको भण्डार पनि हो,जसवाट अग्रजदेखि अनुजसम्मका स्रष्टाहरुले छन्दरचना लेख्ने लेखाउने देखि सिक्ने सिकाउनेसम्मको कार्य गरी छन्दसाहित्यलाई अझ नयाँ स्वाद र शैलीमा अगाडि वढाई राष्ट्रलाई थप योगदान पुर्याउन सक्नेछन्।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ