arrow

ढिकुरामा स्वास्थ्य शिविर, १५ सय लाभान्वित

logo
प्रकाशित २०७४ फागुन ८ मंगलबार
Arghakhanchii-hamrakura.jpeg

सन्धिखर्क । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–९ ढिकुरामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

शिविरबाट ढिकुरा, धनचौरसहितका एक हजार ५०० जनाभन्दा बढी बिरामी लाभान्वित भएका छन् । 

शिविरमा भरतपुर अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा रुद्र मरासिनीसहित २१ जना डाक्टरले एक हजार ५०० बिरामीको जाँच गरेका हुन् । 

भूमिका स्थान नगरपालिका र अर्घाखाँचीको ढिकुराबाट काठमाडौँ, बुटवल बस्नेहरुको आर्थिक सहयोगमा दुई दिने बृहत् शिविर सम्पन्न भएको हो । 

उपचारका लागि अर्घाखाँची जिल्लाको ढिकुरासहित धातिबाग, धारपानी, जुकेना, धन्चौर, खाचीकोट, नुवाकोट, नरपानीलगायतका एक हजार ५०० बिरामीले जाँच गराएको ढिकुरा समाज अर्घाखाँची काठमाडौंका अध्यक्ष कृष्ण पोखरेलले जानकारी दिए ।

गाउँमा निःशुल्क शिविर सञ्चालन गर्दा धेरै बिरामीलाई आफ्नो रोग पत्ता लगाउन र सामान्य रोग निको पार्नका लागि निःशुल्क स्वास्थ्य शिविर निकै प्रभावकारी भएको सेवा लिएका बिरामी सन्तोष भुसालले बताए ।

ढिकुरा समाज अर्घाखाँची काठमाडौंको आयोजना र लायन्स क्लब अफ काठमाडौँ ढिकुरा, ढिकुरा अर्घाखाँची रुपन्देही समाजको सहआयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । 

समाजले गएको वर्ष पनि ढिकुराको शारदा माविमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ